नाडा इभी एक्स्पो २०२२का लागि खल्ती एपबाटै टिकट प्रि-बुकिङ गर्न सकिने • Nepal's Trusted Digital Newspaperनाडा इभी एक्स्पो २०२२का लागि खल्ती एपबाटै टिकट प्रि-बुकिङ गर्न सकिने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नाडा इभी एक्स्पो २०२२का लागि खल्ती एपबाटै टिकट प्रि-बुकिङ गर्न सकिने

नाडा इभी एक्स्पो २०२२का लागि खल्ती एपबाटै टिकट प्रि-बुकिङ गर्न सकिने

  • समाचारपाटी
  • मङ्लबार, भदौ २८, २०७९
नाडा इभी एक्स्पो २०२२का लागि खल्ती एपबाटै टिकट प्रि-बुकिङ गर्न सकिने

काठमान्डौं । अब नाडा इभी एक्स्पो २०२२मा सहभागिता जनाउनका लागि अनलाइनबाटै टिकट लिन सकिने भएको छ ।

ईभी एक्स्पोमा डिजिटल पेमेन्ट पार्टनरमा रहेको खल्ती एपबाट अनलाइन टिकट प्रि-बुकिङ गर्न सकिने भएको नाडा इभी एक्स्पो समितिका सभापति अनुप बरालले जानकारी दिनुभयाे ।

नाडाले अटो एक्स्पो अवलोकन गर्न चाहने जो कोहीले यो ५ दिन भित्रै खल्ती मार्फत टिकट बुकिङ गरे ५० रुपैयाँ छुट पाउन सक्नेछन् । अवलोकन गर्न इच्छुकले ५ दिन भित्रमा नै खल्तीबाट टिकट बुक गरे १५० रुपैयाँ तिर्दा पुग्छ भने त्यसपछि टिकट लिएमा दुई सय रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

“सिएट” द्वारा प्रायोजित इभी एक्स्पो २०२२ आगामी असोज ६ देखि ९ गतेसम्म काठमान्डौँको भृकुटीमण्डपमा आयोजना हुँदैछ । यो एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागी हुनेछ भने युएसएड क्लिन एयरले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तिन दिने सुचनामुलक गोष्ठीको संचालन गर्ने भएको छ ।

एक्स्पोको सह-प्रायोजकमा शिखर इन्स्युरेन्स कम्पनी लिमिटेड तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती एप रहेको छ । इभी एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका