चिनियाँ जनकँग्रेसका अध्यक्ष ली चान्सुले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, र परराष्ट्रमन्त्रीसँग भेटदै • Nepal's Trusted Digital Newspaperचिनियाँ जनकँग्रेसका अध्यक्ष ली चान्सुले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, र परराष्ट्रमन्त्रीसँग भेटदै – Nepal's Trusted Digital Newspaper चिनियाँ जनकँग्रेसका अध्यक्ष ली चान्सुले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, र परराष्ट्रमन्त्रीसँग भेटदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चिनियाँ जनकँग्रेसका अध्यक्ष ली चान्सुले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, र परराष्ट्रमन्त्रीसँग भेटदै

चिनियाँ जनकँग्रेसका अध्यक्ष ली चान्सुले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, र परराष्ट्रमन्त्रीसँग भेटदै

  • समाचारपाटी
  • मङ्लबार, भदौ २८, २०७९
चिनियाँ जनकँग्रेसका अध्यक्ष ली चान्सुले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, र परराष्ट्रमन्त्रीसँग भेटदै

चार दिने नेपाल भ्रमणमा सोमवार काठमान्डौं आइपुग्नुभएका चिनियाँ जनकँग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्दै हुनुहुन्छ ।

उहाँले आज प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा. नारायण खडकासँग भेट गर्ने कार्यतालिका छ । भेटवार्ता संसद भवनमा हुनेछन ।

बुधवार राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम छ । अध्यक्ष लीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि शिष्टाचार भेट गर्नुहुनेछ । सोमवार सभामुख अग्निप्रसाद सापकोटासँग लीले भेट गर्नुभएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका