खेलकुद पत्रकारिता तालिमलाई पोखरा महागरले सहयोग गर्ने • Nepal's Trusted Digital Newspaperखेलकुद पत्रकारिता तालिमलाई पोखरा महागरले सहयोग गर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • खेलकुद पत्रकारिता तालिमलाई पोखरा महागरले सहयोग गर्ने

खेलकुद पत्रकारिता तालिमलाई पोखरा महागरले सहयोग गर्ने

  • समाचारपाटी
  • मङ्लबार, भदौ २८, २०७९
खेलकुद पत्रकारिता तालिमलाई पोखरा महागरले सहयोग गर्ने

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्दर्भमा असोज पहिलो साता पोखरामा हुने प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिमलाई सफल पार्न पोखरा महानगरपालिकाले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको टोलीसंग आइतबार भएको भेटघाट कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यले उक्त तालिम सम्पन्न गर्न सहयोग गर्ने बताउनु भएको मञ्चले जनाएको छ ।

प्रदेशको राजधानि पोखरामा हुने उक्त प्रतियोगितालाई सफल पार्न महानगरले हरेक हिसावले सहयोग गर्ने बताउदै मेयर आचार्यले मञ्चले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहयोग गर्दै आएको उल्लेख गर्नु भयो । पोखरा महानगरले पोखरा स्पोटर्स अवार्ड देखि विभिन्न कार्यक्रममा सहकार्य गर्दै आएकोमा महानगरलाई धन्यवाद दिदै मञ्चका अध्यक्ष दीननाथ बरालले खेलपत्रकारहरुको लागि क्षमता अभिबृद्धि गर्न उक्त तालिम आयोजना गर्न लागेको बताउनु भयो । टोलीमा मञ्चका अध्यक्ष बरालको साथमा सल्लाहकार एकराज गिरी, रन्जन अधिकारी, सदस्य राजु गिरी, गणेश बराल, कृष्ण दवाडी लगायतको सहभागिता रहेको थियो । टोलीले पोखरा महानगरको उपप्रमुख मञ्जुदेवी गुरुङलाई पनि भेटेको थियो ।

राष्ट्रिय खेलकुद परिषद, गण्डकी खेलकुद परिषद लगायतका विभिन्न संघ संस्थाको सहयोगमा मञ्चले उक्त तालिम असोजको ४ र ५ गते पोखरामा गर्ने तयारी गरेको छ ।

असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता करिब ३९ बर्ष पछि हुन लागेको हो ।

यसैबिच मञ्च गण्डकीले सञ्चालन तथा व्यवस्थापन गर्दै आएको पोखरा रंगशाला स्थित मिडिया सेन्टरमा सिसिटिभि जडान गरिएको छ । मिडिया सेन्टरमा रहेका सामाग्रीको सुरक्षाको लागि सिसिटिभि जडान गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जनाउनुभयाे। पौडेलले मञ्चले आयोजना गर्न लागेको खेलकुद पत्रकारिता तालिमको तयारीमा तिव्रता दिइएको समेत बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका