लालबहादुर र अस्मिता बने मिस्टर एण्ड मिस थारु २०२२ • Nepal's Trusted Digital Newspaperलालबहादुर र अस्मिता बने मिस्टर एण्ड मिस थारु २०२२ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लालबहादुर र अस्मिता बने मिस्टर एण्ड मिस थारु २०२२

लालबहादुर र अस्मिता बने मिस्टर एण्ड मिस थारु २०२२

  • समाचारपाटी
  • मङ्लबार, भदौ २८, २०७९
लालबहादुर र अस्मिता बने मिस्टर एण्ड मिस थारु २०२२

काठमान्डौँ । जह इन्टरटेनेमन्ट प्रा.लि.को आयोजनामा भएको चौथो संस्करणको ‘मिस्टर एण्ड मिस थारु २०२२’ को उपाधि बर्दियाका लालबहादुर रत्गैया र अस्मिता चौधरीले जितेका छन् ।

शनिबार साँझ काठमान्डौँमा भएको ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकी अस्मिता चौधरीले मिस थारुको उपाधि जित्नुभएकाे हाे । उहाँले उपाधिसँगै नगद ५० हजार, क्राउन र अन्य विभिन्न उपहार प्राप्त गर्नुभयाे ।

त्यस्तै चितवनकी सोनुकुमारी महतो फस्ट रनरअप हुनुभयाे । उहाँले नगद ३० हजार, क्राउनलगायत अन्य उपहारहरु प्राप्त गर्नुभयाे । सप्तरीकी सुदिक्षा चौधरी सेकेण्ड रनरअप हुनुभयाे । उहाँले नगद २० हजार, क्राउनलगायत उपहार प्राप्त गर्नुभयाे ।

त्यसैगरि १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकै लालबहादुर रत्गैया मिस्टर थारु २०२२ को उपाधि जित्न सफल हुनुभएकाे हाे । उहाँले पनि नगद ५० हजार र विभिन्न उपहारहरु प्राप्त गर्नुभयाे ।

सप्तरीका रोशन चौधरी फस्ट रनरअप हुनुभयाे । उहाँले नगद ३० हजार र अन्य उपहार प्राप्त गरे भने पर्साका लिलानाथ प्रसाद थारु सेकेण्ड रनरअप हुनुभयाे । उहाँले २० हजार नगद र अन्य उपहारहरु प्राप्त गर्नुभयाे ।

यस्तै प्रतियोगितामा विभिन्न अवार्डहरु समेत प्रदान गरिएको छ । मिस थारुतर्फ ट्यालेन्ट अवार्ड सोनु महतो, पर्सनालिटी अवार्ड रञ्जु चौधरी, बेस्ट वाक बिना धमलहवा थारु, कल्चर रिप्रिजेन्टिटिभ अवार्ड सुष्मा कुमारी चौधरी, डिसिपिलन अवार्ड केनिशा चौधरी, फोटोजेनिक र खल्ती पब्लीक च्वाईस अवार्ड रेनुका चौधरीले प्राप्त गर्नुभयाे ।

त्यस्तै मिस्टर थारुतर्फ ट्यालेन्ट अवार्ड असिम थारु, पर्सनालिटी अवार्ड लालबहादुर रत्गैया, बेस्ट वाक आशिष चौधरी, कल्चर रिप्रिजेन्टिटिभ अवार्ड आशिष थारु, डिसिपिलन अवार्ड हेमन्त चौधरी, फोटोजेनिक अवार्ड लिलानाथ प्रसाद थारु र खल्ती पब्लीक च्वाईस अवार्ड राजीव चौधरीले प्राप्त गरे । विजेताहरुलाई प्रतियोगिताका मुख्य निर्णायक कलाकार तथा निर्देशक निश्चल बस्नेत, निर्णायकहरु कलाकार प्रदीप चौधरी, जह इन्टरटेनेमन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरी, इभेन्ट डाइरेक्टर रुपेश चौधरी, निर्देशक जयस चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।

थारु कला, सँस्कृति प्रवद्र्धनका लागि हरेक वर्ष यस सौन्दर्य प्रतियोगिता आयोजना गरिदै आएको छ । ग्राण्ड फिनालेमा उपाधिका लागि १७ महिला र १६ पुरुष गरि ३३ जना प्रतिस्पर्धामा थिए । प्रतियोगिताका लागि काठमान्डौँ, विराटनगर, झुक्का, वीरगञ्ज, चितवन, बुटवल, टिकापुर, नेपालगञ्जलगायत १० जिल्लाका मुख्य शहरहरुमा अडिशन गरिएको थियो ।

यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको हो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी हुनुभएका थिए भने मिस थारु जेनिशा चौधरी हुनुभएकाे थियाे । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएका थिए । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार र मिस थारु लिभा थारु भएका थिए ।

Mr Miss Tharu winner pic 2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका