‘केही ठाउँहरुमा त मान्छेहरुलाई ताला लगाएर राखेको देखिन्छ ':-सुरक्षामन्त्री शेरबहादुर कुँवर • Nepal's Trusted Digital Newspaper‘केही ठाउँहरुमा त मान्छेहरुलाई ताला लगाएर राखेको देखिन्छ ':-सुरक्षामन्त्री शेरबहादुर कुँवर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘केही ठाउँहरुमा त मान्छेहरुलाई ताला लगाएर राखेको देखिन्छ ‘:-सुरक्षामन्त्री शेरबहादुर कुँवर

‘केही ठाउँहरुमा त मान्छेहरुलाई ताला लगाएर राखेको देखिन्छ ‘:-सुरक्षामन्त्री शेरबहादुर कुँवर

  • समाचारपाटी
  • आइतवार, भदौ २६, २०७९
‘केही ठाउँहरुमा त मान्छेहरुलाई ताला लगाएर राखेको देखिन्छ ‘:-सुरक्षामन्त्री शेरबहादुर कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारमा सरकार लागिपरेको बताउनुभएको छ ।.

आईतवार मन्त्रालयमा श्रमिकसँग श्रममन्त्री कार्यक्रम अन्तर्गत श्रमिकहरुसँग कुराकानीपछि सञ्चारकर्मीमाझ बोल्दै मन्त्री कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारका लागि सरकार लागिपरिरहेको बताउनुभएको हो । उहाँले समस्यामा परेका श्रमिकहरुको अवस्थाको सम्बन्धमा नेपालका राजदुतसँग छलफल गर्ने र सम्बन्धित देशको राजदुतलाई बोलाएर पनि समस्या समाधानका लागि पहल गरिने बताउनु भयो । उहाँले आवश्यकता अनुसार सम्बन्धित देशको सरकारसँग पनि कुराकानी गर्ने बताउनु भयो । मन्त्री कुँवरले विदेशिएका श्रमिकहरुबाट नै देश चलिरहेको भन्दै श्रमिकहरु हेपिएको, चेपिएको विषयलाई गम्भिर ढंगले कुरा उठाउनुपर्ने बताउनु भयो । उहाँले श्रमिकको समस्यालाई टुलुटुलु हेरेर मात्र सरकार नबस्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘केही ठाउँहरुमा त मान्छेहरुलाई ताला लगाएर राखेको देखिन्छ । दिनभरी काम गरायो, अनि आएर ताला लगाइदियो । भोटेताल्चा लगाइदिएको छ । साङला, सिक्रि लगाइदिएको छ । यो अवस्था पनि छ । यो अवस्थामा हामीले एकदिन अब त्यहाँको हाम्रो श्रम, सहचारी, त्यहाँका काउन्सिलरहरु र त्यहाँका राजदुतहरुसँग पनि हामी यो विषयमा छलफल गर्छौं । हाम्रा मजदुरहरुले जहाँ दुःख पाएका छन, उहाँहरु जानुभएको छ कि छैन ? उहाँहरुलाई जान अनुमति दिइएको छ कि छैन ? यदी जान अनुमति दिएको छैन भने त्यहाँको सरकारलाई पनि सचेत, सजग गराउनु पर्यो । राजदुतलाई बोलाएर पनि कुरा गर्नुपर्यो । हाम्रो श्रम बजार यति सस्तो भयो कि जहाँ जसले जे गरेपनि हुनेभयो । यो ढंगले हामी चुप लागेर बस्नु हुँदैन । हामीले आफनो ठाउँबाट पहल गर्नुपर्छ । हामी श्रम बेचिरहेका छौँ । यो श्रमबाट देश चलिरहेको छ । यो श्रमले सबै खाइरहेका छौँ । तर यी श्रमिकहरु जुन हेपिएका छन, चेपिएका छन, यो विषयमा गम्भिर ढंगले कुरा उठाउनुपर्छ । हामीले सरकारसँग उठाउने हो कि, त्यहाँको राजदुतलाई बोलाएर उठाउने हो कि, पहिला त हामी आफनै च्यानलमा कुरा उठाउँ न । हाम्रो राजदुतहरुले त्यो विषयलाई हेर्नु भएको छ कि छैन ? त्यो विषयको सुनुवाई गर्नुभएको छ कि छैन ? हाम्रो श्रम सहचारीहरु छन । काउन्सिलरहरु छन । उहाँहरुले त्यो विषयलाई सुनुवाई गर्नुभएको छ कि छैन ? पहिले आफैँतिर जाऔँ । हामीबाट सबै कुराहरु भएको छ खाली हामीले त्यति गर्दागर्दै पनि त्यहाँका सरकारले, त्यहाँका कम्पनीहरुले यदी सुनेको छैन भने त सरकार टु सरकार पनि हामीले छलफल चलाउनुपर्ने हुन्छ । यी गम्भिर विषयलाई त्यत्तिकै टुलुटुलु हेरेर बस्नु हुँदैन भन्ने मान्यता छ ।’

मन्त्री कुँवरले विदेशी कम्पनीहरुले नेपाली कामदारलाई बाहिर आउन नदिने भएको अवस्थामा त्यहाँको सरकार सँग कुरा गर्ने बताउनु भयो । उहाँले गल्ती काम गरेका मेनपावरहरुलाई कारबाही गरिने पनि बताउनु भयो ।

louber

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका