सत्तारुढ गठबन्धनको बैठक बस्दै • Nepal's Trusted Digital Newspaperसत्तारुढ गठबन्धनको बैठक बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सत्तारुढ गठबन्धनको बैठक बस्दै

सत्तारुढ गठबन्धनको बैठक बस्दै

  • समाचारपाटी
  • आइतवार, भदौ २६, २०७९
सत्तारुढ गठबन्धनको बैठक बस्दै

आज पनि सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । आगामी प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा सत्तारुढ दलहरुबीच सिट बाँडफाँटको कार्य सकस बनिरहेको छ ।

लामो समय बितिसक्दा समेत सत्तारुढ दलहरुभित्र सिट बाँटफाँट सहज रुपमा हुन सकेको छैन । आज पनि सत्तारुढ दलहरुका शीर्ष नेताहरु बसेर सिट बाँटफाँटमा सहमति जुटाउने प्रयास हुनेछ ।

शनिवार बसेको शीर्ष नेताहरुको बैठकले पनि सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन सकेको छैन । आजको बैठकले निर्णायक भुमिका खेल्ने बताइएको छ । दलहरुले आफनो आफनो दाबी गर्दा लामो समयसम्म पनि सिट बाँडफाँट हुन नसकेको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका