पोखरा –१५ को बृहत् सरसफाइ अभियान, टुटुङ्गादेखि राम बजारसम्म सरसफाइ • Nepal's Trusted Digital Newspaperपोखरा –१५ को बृहत् सरसफाइ अभियान, टुटुङ्गादेखि राम बजारसम्म सरसफाइ • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • पोखरा –१५ को बृहत् सरसफाइ अभियान, टुटुङ्गादेखि राम बजारसम्म सरसफाइ

पोखरा –१५ को बृहत् सरसफाइ अभियान, टुटुङ्गादेखि राम बजारसम्म सरसफाइ

  • समाचारपाटी
  • आइतवार, भदौ २६, २०७९
पोखरा –१५ को बृहत् सरसफाइ अभियान, टुटुङ्गादेखि राम बजारसम्म सरसफाइ

पोखरा महानगरपालिका वडा नं –१५ को वडास्तरीय बृहत् सरसफाइ कार्यक्रमको दोस्रो शृंखला सम्पन्न भएको छ। ’हाम्रो वडा, राम्रो वडा’ भन्ने अभियानका साथ टुटुङ्गा बसपार्कबाट सुरु भएको सरसफाइ कार्यक्रम बन क्याम्पस, हरियाली मार्ग, नयाँ गाउँ घलेचोक हुँदै राम बजार कृष्ण मन्दिरमा पुगेर सम्पन्न भएको हो ।

सरसफाइ कार्यक्रमलाई शुभकामना दिँदै युवा पण्डित कमल नयन गौतमले सरसफाइ कार्यक्रमसँगै अन्य सचेतना मूलक कार्यक्रमहरू पनि जोड्दै लानुपर्ने बताउनुभयाे। उहाँले त्यस्ता कार्यक्रमले समाजमा सकारात्मक भाव जगाउने विचार व्यक्त गर्नुभयाे। सरसफाइ कार्यक्रमका संयोजक तथा पोखरा महानगरपालिका वडा नं –१५ का सदस्य आशिष भण्डारीले आजको हाम्रो पुस्ताले वातावरणको सरसफाइ र संरक्षण गर्न सकेन भने त्यसको नकारात्मक असर भावी पुस्तामा पर्ने बताउनुभयाे। आज हामीले गरेका राम्रा कामको थालनीले वातावरण सफा र सुन्दर राख्नमा टेवा पुग्ने भन्दै उहाँले भविष्यमा आउने पुस्ताहरूका लागि पनि सिकाईका साथै वातावरण सफा राख्नुपर्दछ भन्ने दायित्व वोध गराउने विश्वास व्यक्त गर्नुभयाे। उहाँले सरसफाइ कार्यक्रम पोखरा –१५ को अभियान रहेको हुँदा यो अभियानलाई सार्थक बनाउन सम्पूर्ण टोलवासीहरूलाई आग्रह गर्नुभयाे।

यस्तै, पोखरा –१५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले आजको सरसफाइ कार्यक्रममा जुट्ने सबैलाई धन्यवाद दिनुभयाे। उहाँले सरसफाइ कार्यक्रम निरन्तर रूपमा अगाडि बढ्ने भन्दै आगामी शृङ्खलामा पनि वडावासीको सहभागिता रहने विश्वास व्यक्त गर्नुभयाे।

शनिबारको सरसफाइ कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, सशस्त्र प्रहरी बल लामापाटन, टोल विकास संस्था, युवा क्लब तथा सामाजिक अभियन्तासहित पोखरा –१५ का ५ जना जनप्रतिनिधिको सहभागिता रहेको थियो।

1 5

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका