पत्रकारद्वय ऋषि धमला र प्रकाश सुबेदीलाई यमन इन्टरटेन्मेन्टको सम्मान • Nepal's Trusted Digital Newspaperपत्रकारद्वय ऋषि धमला र प्रकाश सुबेदीलाई यमन इन्टरटेन्मेन्टको सम्मान – Nepal's Trusted Digital Newspaper पत्रकारद्वय ऋषि धमला र प्रकाश सुबेदीलाई यमन इन्टरटेन्मेन्टको सम्मान • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पत्रकारद्वय ऋषि धमला र प्रकाश सुबेदीलाई यमन इन्टरटेन्मेन्टको सम्मान

पत्रकारद्वय ऋषि धमला र प्रकाश सुबेदीलाई यमन इन्टरटेन्मेन्टको सम्मान

  • समाचारपाटी
  • शनिबार, भदौ २५, २०७९
पत्रकारद्वय ऋषि धमला र प्रकाश सुबेदीलाई यमन इन्टरटेन्मेन्टको सम्मान

काठमान्डौं । नेपाली मनोरञ्जनको क्षेत्रमा विविध क्रियाकलापका साथ सक्रिय यमन इन्टरटेन्मेन्ट प्रा. लि.ले पत्रकारद्वय ऋषि धमला र प्रकाश सुबेदीलाई सम्मान गरेको छ । गीतकार निर्मला थपलियाद्वारा लिखित गीति संग्रह सपनाको संसारको लोकार्पण तथा सोही गीति संग्रहमा संग्रहित ”आमा” बोलको गीतको भिडियो सार्वजनिक समारोहमा पत्रकारद्वय धमला र सुबेदी सम्मानित हुनुभएकाे हाे ।

सार्वजनिक गरिएको भिडियोको गीतमा ताराबीर पाण्डेको संगीत तथा प्रमोद खरेलको स्व रहेको छ । संगीतकार पाण्डेले नै निर्देशन गरेको भिडियोमा सरिता लामिछाने, एलेक्स खड्का, ड्रिम दुलाल, मौसम खड्का र सरु पुरीको मर्मस्पर्शी अभिनय समेटिएको छ भने ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन रहेको छ ।

उक्त समारोहमा भिडियो हेरेका सबैले गीत, संगीत, स्वर तथा भिडियोको खुलेर तारिफ गरेका थिए । सम्मानित पत्रकार धमलाले आफू ७ वर्षको हुँदा आमा गुमाएको स्मरण गर्दै आमा बोलको भिडियो विमोचन समारोहमा सम्मानित हुन पाउँदा अत्यन्तै गौरवको महसुस भएको बताउनुभएकाे थियाे भने सुबेदीले पनि आमा शब्दभित्र सम्पूर्ण संसार रहेको बताउनुभएकाे थियाे ।

आफ्नो प्रतिक्रिया दिने क्रममा धमला र सुबेदीले एकले अर्काको प्रशंसा गर्नुभएकाे थियाे । कार्यक्रमको प्रमुख अतिथि रहनुभएकाे बरिष्ठ कवि तथा गीतकार अमर बान्तुले उद्घाटन पश्चात शिव ताण्डव वाचन गर्दा माहोल रोमाञ्चक बनेको थियो । प्रमुख अतिथि बान्तुले गीतकार थपलियाले लेखेका विभिन्न गीतहरु वाचन गर्दै उहाँको उज्जवल भविष्यको कामना गर्नुभएकाे थियाे ।

सञ्चारकर्मीहरुको समेत बाक्लो उपस्थिति रहेको कार्यक्रममा गायक प्रमोद खरेल, गायिका प्रविशा अधिकारी लगायतका चर्चित कलाकारहरुको उपस्थिति रहेको यिथयो भने विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यमन इन्टरटेन्मेन्टकी सञ्चालिका पारिजात बरालको सभापतित्वमा भएको कार्यक्रम गायक, संगीतकार तथा भिडियो निर्देशक पाण्डेले नै सञ्चालन गर्नुभएकाे थियाे ।
Aama Samman

Aama Samman1

Aama Samman2

Aama Samman3

Aama Samman6

Aama Samman7

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका