यही हप्तादेखि कमर्सियल सवारी साधनमा युरो ६ लागू गर्ने • Nepal's Trusted Digital Newspaperयही हप्तादेखि कमर्सियल सवारी साधनमा युरो ६ लागू गर्ने • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • यही हप्तादेखि कमर्सियल सवारी साधनमा युरो ६ लागू गर्ने

यही हप्तादेखि कमर्सियल सवारी साधनमा युरो ६ लागू गर्ने

  • समाचारपाटी
  • शनिबार, भदौ २५, २०७९
यही हप्तादेखि कमर्सियल सवारी साधनमा युरो ६ लागू गर्ने

वन तथा वातावरणमन्त्री प्रदीप यादवले सरकारले यही हप्तादेखि कमर्सियल सवारी साधनमा युरो ६ लागू गर्ने बताउनुभएको छ ।

शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री यादवले सवारीसाधनले गर्ने वातावरण प्रदूषणको युरोपियन मापदण्ड युरो ६ लागू गर्न लागेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री शेरवहादुर देउवाले गत कोपामा सन २०४५ सम्म कार्वन उत्सर्जन शुन्य गर्ने प्रतिवद्धता कार्यान्वयन गर्नको लागि सरकारले यही हप्ताभित्र कमर्सियल सवारी साधनमा युरो ६ लागू गर्ने बताउनु भयो । मन्त्री यादवले तत्काल कमर्सियल सवारी साधनहरुमा युरो ६ लागू गरेर सन २०४५ सम्म कार्वन उत्सर्जन शुन्य प्रतिशतमा ल्याउने मन्त्रालयको तयारी रहेको बताउनु भयो । उहाँले युरो ६ लागू गर्नको लागि सबै प्रक्रिया तयारी भएकाले यहि हप्तामा भित्र मन्त्रीपरिषदले निर्णय गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कोपामा गएर प्रधानमन्त्री शेरबहादुर देउवाले सन २०४५ मा कार्वन उत्सर्जन शुन्य प्रतिशत गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रधानमन्त्रीको प्रतिवद्धता कार्यान्वयनको लागि वन तथा वातावरण मन्त्रालय लागिपरेको छ । मन्त्रालयले सन २०४५ सम्म कार्वन उत्सजन शुन्य बनाउने लक्ष्य राखेको छ । सरकार तत्काल कमर्सियल सवारीहरुमा युरो ६ लागू गर्ने तयारीमा छौं । मन्त्रालय प्रमुख प्राथमिकताका साथ अगाडि बढेको छ । भारत सन २०२० मा नै युरो ६ मा गएर अहिले युरो ८ को तयारी गरिरहेको छ । भुटानसमेत युरो ६ मा गएको छ । हाम्रो डिजेल सवारीहरु युरो ६ मा आएको हामी युरो ३ मा चलाइरहेका छौं । त्यसले क्षेति गरिरहेको छ । २०४५ सम्म कार्वन उत्सर्जन शुन्य गर्छौं । यही हप्ता भित्रमा युरो ६ लागू हुन्छ । त्यसको लागि सबै प्रक्रिया अन्तिम चरणमा रहेको छ । यो हप्तामा नै मन्त्रीपरिषदले निर्णय गर्छ ।’

मन्त्री यादवले भारतमा २०२० मा नै युरो ६ लागू भएर अहिले युरो ८ लागू गर्ने तयारीमा रहेको बेला नेपालमा अझै युरो ३ चलाइरहेको बताउनु भयो । उहाँले भुटानमा समेत कार्वन उत्सर्जन कम गर्न युरो ६ लागू गर्न लागेको बताउनु भयो ।

Sequence 09.03 46 11 04.Still2901

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका