नेकपा एमालेका कान्छो जिल्ला सदस्यको संसदीय सपना • Nepal's Trusted Digital Newspaperनेकपा एमालेका कान्छो जिल्ला सदस्यको संसदीय सपना – Nepal's Trusted Digital Newspaper नेकपा एमालेका कान्छो जिल्ला सदस्यको संसदीय सपना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेकपा एमालेका कान्छो जिल्ला सदस्यको संसदीय सपना

नेकपा एमालेका कान्छो जिल्ला सदस्यको संसदीय सपना

  • समाचारपाटी
  • शनिबार, भदौ २५, २०७९
नेकपा एमालेका कान्छो जिल्ला सदस्यको संसदीय सपना

पोखरा । गतवर्ष भएको नेकपा एमाले कास्कीको १० औँ अधिवेशनमा देशकै कान्छो जिल्ला सदस्यमा निर्वाचित हुनुभएकाे थियाे विवेक त्रिपाठी । एमाले कास्कीका सयौँ जनालाई पछि पादै लोकप्रिय मत ल्याउनुभएका विवेक त्रिपाठी कास्की जिल्ला क्षेत्र नम्बर ३ मा अहिले संघीय संसद प्रतिनिधि सभा सदस्यका लागि उमेदवार सिफारिस हुनुभएकाे छ ।

२७ वर्षिय त्रिपाठी उमेदवार बन्ने आकांक्षीमध्यकै कान्छा हुनुहुन्छ । १० औँ अधिवेशनमा विद्यार्थी राजनीतिमा उमेर हद लागु गर्नु पर्ने भन्दै राजीनामा दिएर शक्रिय राजनीतिमा लाग्नुभएकाे थियाे । जिल्ला निवार्चनमा जिल्ला भरमै लोकप्रिय मत ल्याएर निर्वाचित हुनुभयाे ।

कम उमेरमै जिल्ला सदस्य बन्नुभएका त्रिपाठीको लक्ष्य प्रतिनिधि सभा सदस्य हुनु रहेको छ ।“देशभर बुढो पुस्ताले नेतृत्व ओगट्यो । युवाहरूलाई अवसर दिइएन भन्दै स्वतन्त्र अभियानदेखि नयाँ पार्टीहरू त्यही नारामा चलिरहेका छन् ,” त्रिपाठी भन्नुहुन्छ “म जिल्ला सदस्यमा निवार्चीत भएर अहिले जिल्लाको आइटी विभाग प्रमुख भएर जिम्मेवारी सम्हालीरहेको छु । यसअघि संघीय युवा संञ्जाल को अध्यक्ष भएर देशभर युवाहरुलाई संसदीय अभ्यास बारे प्रशिक्षणको नेतृत्व गर्दे देशका विभीन्न पालिकाहरुमा पुग्नुभएको थियाे । त्रिपाठीले भन्नुभयाे “मैले अनेरास्वियु को इतिहासमा विद्यार्थीहरुको हितका लागी अनेरास्वियु प्रगतिशिल छात्रावृति अक्षयकोषको सुरुवात गरे विद्यार्थी राजनीतीमा उमेर हद लागु गर्नु पर्ने भन्दै मैले विद्यार्थी राजनीतिवाट राजीनामा दिएको हुँ ।

अग्रजको विश्वास र युवाहरूको साथ भयो भने संघीय संसदमै गएर युवा पुस्ताको प्रतिनिधित्व गर्नेछु ।” उहाँ कुनै पनि जिम्मेवारी ठिक समयमा ठिक पात्रले पाउँदा मात्र त्यसको उपयोग हुने र व्यक्तित्व पनि बन्दै जाने कुरामा विश्वास गर्नुहुन्छ ।

त्रिपाठीले भन्नुभयाे पार्टीमा टिकट दिने विषयमा गुट उपगुट हेरेर भागबन्डा गर्नुभन्दा समाज र राष्ट्रले एतीवेला खोजेको उपयुक्त उमेदवारमा सहमति हुनुपर्ने पक्षमा छु । त्यसैले पनि आफूलाई कसैबाट पनि असहयोग नहुने उहाँको विश्वास छ । समाज शास्त्रमा स्नात्तकोत्तर त्रिपाठी अनेरास्ववियु हुँदै एमालेपाटीको मुल राजनीतिमा जोडिनुभएकाे हाे ।

२०६४ सालमा कास्कीको कालिका माध्यामीक विद्यालयबाट अनेरास्ववियुमा आवद्ध उनी अनेरास्ववियु क्षेत्रीय सचिव अध्यक्ष हुँदै केन्द्रीय सदस्य बन्नुभएकाे थियाे । २०७७ सालमा केन्दीय सदस्य बन्नुभएका त्रिपाठीले २५ वर्ष उमेर हद विद्यार्थीमा लागु गर्नु पर्ने भन्दै राजीनामा दिनुभएकाे थियाे ।

१० औँ अधिवेशन पश्चात आइटि विभाग प्रमुख भएर काम गर्नुभएका उहाँलाई जिल्ला राजनीतिमा काम गर्न र युवाहरुको आवाज वुझ्न सजिलो भएको बताउँनुहुन्छ । २०७५ सालमा देश भरका युवाहरुबाट संघीय युवा सञ्जाल केन्द्रीय अध्यक्ष निर्वाचित  हुनुभएका उहाँलाई राजनीतिमा काम गर्न र प्रभाव जमाउन सहज भएको उहाँको बुझाइ छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका