'वैदेशी लगानी ल्यानको लागि परियोजनाको तयारी र परियोजना प्रतिको विश्वास हुनुपर्छ':-जनार्दन शर्मा • Nepal's Trusted Digital Newspaper'वैदेशी लगानी ल्यानको लागि परियोजनाको तयारी र परियोजना प्रतिको विश्वास हुनुपर्छ':-जनार्दन शर्मा • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • ‘वैदेशी लगानी ल्यानको लागि परियोजनाको तयारी र परियोजना प्रतिको विश्वास हुनुपर्छ’:-जनार्दन शर्मा

‘वैदेशी लगानी ल्यानको लागि परियोजनाको तयारी र परियोजना प्रतिको विश्वास हुनुपर्छ’:-जनार्दन शर्मा

  • समाचारपाटी
  • शनिबार, भदौ २५, २०७९
‘वैदेशी लगानी ल्यानको लागि परियोजनाको तयारी र परियोजना प्रतिको विश्वास हुनुपर्छ’:-जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्रयाउने हेजिङको विषयमा राष्ट्र बैंक र कर्मचारीहरुले नबुझेको बताउनुभएको छ ।

शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले आफू उर्जामन्त्री भएको बेला नेपालमा हेजिङको आवश्यकता देखेर हेजिङ चाहिन्छ भन्दा मन्त्रीले देश बर्बाद बनायो भन्ने आरोप लागेको गुनासो गर्नुभयो । उहाँले विगत लोमो समयदेखि नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्रयाउन हेजिङ आवश्यक भनेर नियमवाली बनाउने कुरा अगाडि बढेपनि राष्ट्र बैंक ब्यूरोकेसीलाई बुझाउन नसक्दा ठूलो लडाई लडेर अहिले मन्त्रीपरिषदबाट हेजिङ सम्बन्धि नियमावली पास भएको जानकारी दिनुभयो । मन्त्री शर्माले नेपालको जलविद्युत क्षेत्रमा सबैभन्दा बढी हेजिङको आवश्यकता भएपनि हाईड्रो व्यवसायीहरुले नै चाहिँदैन भनेको बताउनु भयो । उहाँले विदेशी लगानी ल्याउन नेपालको वैदेशिक लगानी सम्बन्धि नीति निकै कसिला भएको बताउनु भयो । मन्त्री शर्माले राष्ट्र बैंक, अर्थ मन्त्रालय, वन मन्त्रालयको नीति कसिलो भएको बताउनु भयो । उहाँले वैदेशिक लगानी सम्बन्धि कसिलो नीतिले देश विकास हुन नसक्ने भन्दै नीति र सोचमा परिवर्तन गर्नुपर्ने बताउनु भयो । त्यस्तै,मन्त्री शर्माले पहाड खनेर ढुङगा बिक्री गरौं भन्ने प्रश्ताव गर्दा देश बिक्री गरेको आरोप लाग्ने गरेको बताउनु भयो । उहाँले आफ्नो देशमा भएको स्रोत प्रयोग नगरी कुनैपनि देशमा लगानी बढन र पुँजी निर्माण गर्न नसक्ने दाबी गर्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो,‘ वैदेशी लगानी ल्यानको लागि परियोजनाको तयारी र परियोजना प्रतिको विश्वास हुनुपर्छ । हाम्रो नीति,कानून र व्यवहारका कारणले विश्वास नभएको अवस्था छ । सरकारले वैदेशिक ऋण कति लिने भन्ने प्रश्न छ । ऋण लिने तर मुलुकको उत्पादन नबढाउने,हाम्रो ढुंगा बिक्री गर्न नपाउने,काठ काटन नपाउने, हाम्रो जडिबुटी बिक्री गर्न नमिल्ने ? हाम्रो रिस्वर्स प्रयोग गर्न नहुने अनि विकास गर्ने के बाट ? गर्ने कसरी ? गम्भिर प्रश्न छ । पहाड फोरेर ढुंगा चलाउनै हुन्नरे कुनै ठाउँ नचलाउने होला । एउटा पहाड खनेर बिक्री गर्न किन मिल्दैन ? काठ बिक्री गर्न नमिल्ने, अदालतले पनि ढुंगामा, जंगलमा र प्राकृतिक स्रोतका हातै लगाउन मिल्दैन भन्छ । यहाँ कसैले पनि सबै जंगल काटने र सबै पहाड फोडने कुरा गरेको छैन नि !’ त्यस्ता स्रोतबाट पुँजी निर्माण गर्नसक्छौं । अब हेजिङको कुरा उठेको छ । म उर्जामन्त्री हुँदा हेजिङ आवश्यक रहेको छ भन्ने लाग्यो । मैले हेजिङको विषय उठाएँ, तर अहिलेसम्म फाइनल भएको छैन । मैले राष्ट्र बैंकलाई हेजिङको विषयमा बुझाउन धेरै मेहनत गरेको छु । ब्यूरोकेसीलाई हेजिङको विषयमा बुझाउन धेरै मेहनत गरेको छु तर बुझदैनन । हेजिङ चाहिन्छ यो देशलाई भन्दा देश बर्बाद पार्यो मन्त्रीले भन्ने गरिन्छ । हेजिङ जलविद्युतलाई आवश्यक छ तर उसैले चाहिँदैन भन्छ । सबैभन्दा बढी उसैलाई चाहिएको छ । अहिले मुस्किलले ठूलो लडाई लडेर मन्त्रीपरिषदबाट नियमवाली पास भएको छ । वैदेशिक लगानीको आवश्यक पूर्वाधार हो । विदेशी लगानी ल्याउन हाम्रा नीति निकै कसिला छन । राष्ट्र बैंकको नीति कसिलो छ, अर्थ मन्त्रालयको नीति कसिलो छ, वन मन्त्रालयको नीति कसिलो छ,कसिलो नीतिले देश विकास हुँदैन । हामीले हाम्रो सोच परिवर्तन गर्नैपर्छ ।’

मन्त्री शर्माले नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआइडीसीएल) मर्जमा जान नमानेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले संस्थागत वा व्यक्तिगत स्वाथ्र्यको लागि मर्जमा जान नमान्नु राम्रो नभएको बताउनु भयो । मन्त्री शर्माले संस्थाको सीइओ एउटै हुने भएकाले मर्जरमा जान नमान्नु पुरानो मानसिकता भएको टिप्पणी गर्नुभयो । उहाँले निफ्राले पूर्वाधार विकासमा प्रभावकारी भुमिका खेलेर लगानीको व्यवस्था गर्ने क्षमतामा वृद्धि गर्नु आवश्यक भएको बताउनु भयो । मन्त्री शर्माले नेपालमा खडा भएका लगानी कोष, सञ्चय कोष,कर्मचारी सञ्चय कोष जस्ता संस्थामा भएको पैसा पूर्वाधारमा लगानी नगरेर ब्याज खाने गरेको आरोप लगाउनु भयो । उहाँले कोषहरुमा भएको अर्ब रकम बैंकमा जम्मा गरेर ब्याज खाने तर पूर्वाधारमा लगानी नगर्नाले पूर्वाधारको विकास हुन नसकेको भन्दै अब त्यस्ता संस्थाहरुमा रहेको रकम पूर्वाधारमा लगानी लगाउनुपर्ने बताउनु भयो । त्यस्तै अर्थमन्त्री शर्माले उर्जामन्त्री पम्फा भुसाल र विद्युत प्राधिकरणका कार्यकारी निदेशक कुलमान घिसिङको विद्युत धेरै बेचेर जलविद्युतको विकास गर्ने अभियानलाई संकेत गर्दै प्रश्न उठाउनु भयो । उहाँले विद्युत बेच्ने भन्दा पनि प्रयोग गर्न सक्नुपर्ने भन्दै विद्युत बेच्ने कुरामा गर्व गर्नु नपर्ने बताउनु भयो । मन्त्री शर्माले अब विद्युत बेच्ने युग गएको जिकिर गर्नुभयो । उहाँले विद्युतबाट हाइट्रोजन,एमोनिया बनाउने प्रविधि आएको भन्दै विश्वमा ५ जीमा विकास भएको भएपनि नेपालले २ जीका कुरा गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ विभिन्न कोषहरु छन । ती कोषहरुमा केही अर्ब पैसाहरु छ । त्यो पैसा बैंकमा जम्मा गरेर ब्याज खादा ठिक्क छ । त्यो पैसालाई पूर्वाधार विकासमा लगानी गर्ने भन्दा पनि बैंकमा जम्मा गरेर ब्याज खान त्यस्ता संस्थाहरु रमाउँछन । जसमा लगानी कोष, सञ्चय कोष,अन्य कर्मचारी सञ्चय कोषमा भएको पैसा पूर्वाधारमा लगानी गर्ने भन्दापनि ब्याज खाने प्रवृति छ । अब त्यस्ता संस्थाहरुले पूर्वाधार विकासमा लगानीमा प्रयोग गर्नुपर्छ । अनि मात्रै पूर्वाधार विकासमा अगाडि बढनसक्छौं । अहिले विद्युत बेच्नुपर्छ भन्ने छलफल भएको छ । विद्युत बेच्ने हो की प्रयोग गर्ने हो । हामीलाई विद्युत बेच्न पाए गर्व मान्छौं । अब विद्युत बेच्ने जमाना गयो । विद्युतबाट हाइट्रोजन,एमोनिया बनाउने प्रविधि आइसक्यो । विश्वमा ६ जीको कुरा आइसक्यो हामी २ जीका कुरा गरिरहेका छौं । हाम्रो सोचाई साँघुरो छ । एचआइ डिसियल र निफ्रालाई मर्ज गर्न प्रश्ताव राख्दा समेत त्यसमा रुचि देखिन । किन भन्दा संस्थामा अर्को मान्छे सिइओ हुन पाइनँ भन्ने स्वार्थ रहेका छन । निफ्राले पूर्वाधार विकासमा प्रभावकारी भुमिका खेलेर लगानीको व्यवस्था गर्ने क्षमतामा वृद्धि गर्नुपर्छ ।’

मन्त्री शर्माले पूर्वाधार निर्माण देश र राष्ट्रका लागि भन्दा पनि व्यक्तिगत फाइदा हेरर गर्ने प्रवृत्ति नेपालमा हाबी भएको बताउनु भयो । उहाँले नेपालमा वचत गर्ने संस्कार नहुँदा समेत ठूला पूर्वाधारमा लगानी गर्न स्रोतको अभाव भइरहेको बताउनु भयो । मन्त्री शर्माले नेपालमा वैदेशिक लगानीको लागि कानून नुहँदा अपेक्षाअनुसार विदेशी लगानी आउन नसकेको बताउनु भयो । उहाँले पूर्वाधार विकासको आवश्यकतालाई भन्दा पनि परम्परागत सोचले पूर्वाधार विकास गर्न खोज्दा समस्या रहेको बताउनु भयो । उहाँल पूर्वाधार विकासमा सरकारका मन्त्री,सरकारी कर्मचारी,लगानीकर्ता र जनताको सोचमा नै समस्या रहेको भन्दै पूर्वाधार विकास गर्ने सोचलाई बदल्नुपर्ने बताउनु भयो । मन्त्री शर्माले नेपालमा कस्तो पूर्वाधार बनाउने भन्ने नीति नभएको बताउनु भयो । उहाँले सरकारसँग कुन पूर्वाधार आवश्यक छ, कस्तो पर्यटन पूर्वाधार चाहिएको हो, कुन विमानस्थल आवश्यक छ भन्ने योजना नहुनु राजनीतिक समस्या भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपालको पूर्वाधार विकास गर्ने सोचमा समस्या छ । हामीले अहिलेको विकासको आवश्यकतालाई भन्दा पनि परम्परागत रुपले मात्रै सोच्ने विषयमा समस्या छ । सोचबाट नै सरकारका मन्त्री,सरकारी कर्मचारी,लगानीकर्ता र जनताको सोचमा समस्या छ । सबैभन्दा पहिला पूर्वाधार विकास गर्ने सोचलाई बदल्नु पर्छ । पूर्वाधार विकास समग्र राष्ट्र,समाज र सबैका लागि भन्दा पनि व्यक्तिगत फाइदाका लागि मात्रै हेर्ने गरेका छौं । त्यो पनि समस्या देखिएको छ । अब अहिले नेपालाई कस्ता भौतिक पूर्वाधारहरु आवश्यकता छन । शिक्षा, स्वास्थ्य, पर्यटन,सञ्चार लगायत विविध क्षेत्रका कुरा गर्छाैं । तर सरकारको अहिलेसम्म पूर्वाधार विकास गर्ने स्पष्ट नीति छैन । जसको सरकार आयो,जो मन्त्री भयो उसको नीति भन्ने प्रचलन रहेको छ । कुनकुन पूर्वाधार आवश्यक हुन र केमा लगानी गर्ने समस्या आउँछ । अहिले नेपाललाई कति वटा विमानस्थल आवश्यक हो । भनेर पहिचान गरेर काम गरिरहेको हुन्छ तर अर्को थपिने र घटने गर्छ यो राजनीतिक समस्या हुन । अर्को राज्यको पूर्वाधार विकास गर्ने व्यवस्थापन राम्रो छैन । पूर्वाधार निर्माणको काम समय सम्पन्न नहुने,गुणस्तर नहुने समस्या रहेको छन ।’

मन्त्री शर्माले राज्यको पूर्वाधार विकास गर्ने व्यवस्थापन राम्रो नहुँदा पूर्वाधार निर्माणको काम समय सम्पन्न नहुने समस्या रहेको बताउनु भयो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका