फिलिपिन्सको मिस्टर ईन्टरनेशनलमा नेपालको प्रतिनिधित्व मानस कुमार राईले गर्ने • Nepal's Trusted Digital Newspaperफिलिपिन्सको मिस्टर ईन्टरनेशनलमा नेपालको प्रतिनिधित्व मानस कुमार राईले गर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • फिलिपिन्सको मिस्टर ईन्टरनेशनलमा नेपालको प्रतिनिधित्व मानस कुमार राईले गर्ने

फिलिपिन्सको मिस्टर ईन्टरनेशनलमा नेपालको प्रतिनिधित्व मानस कुमार राईले गर्ने

  • समाचारपाटी
  • शनिबार, भदौ २५, २०७९
फिलिपिन्सको मिस्टर ईन्टरनेशनलमा नेपालको प्रतिनिधित्व मानस कुमार राईले गर्ने

काठमान्डौँ । ‘मिस्टर सुप्रानेशनल नेपाल २०२२’ का फस्ट रनरअप मानस कुमार राई फिलिपिन्सको ‘मिस्टर ईन्टरनेशनल २०२२’ मा सहभागी हुने भएका छन् । १४ औं सस्करणको यो प्रतियोगीतामा राईलाई सनुरर्भी इन्टरनेशनले नेपालको प्रतिनिधिको रुपमा पठाउन लागेको हो ।

miss mr

सनुरर्भी इन्टरनेशनले यसै बर्षबाट ‘मिस्टर इन्टरनेशनल’ को फ्रेन्चाईज समेटेको हो । राजधानी आयोजित एक कार्यक्रममा सुनरभी इन्टरनेशनलका अध्यक्ष डा. सन्तोष उपाध्यायले आफूले सुप्रानेशनलसँंगै इन्टरनेशनलको फ्रेन्चाईज पनि लिएको र उक्त प्रतियोगिता नेपालमा गत जेठ १५ गते आयोजना गरिएको जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे ‘अब आगामी वर्षमा गरिने मिस्टर नेशनल नेपालमा २ विजेता हुनेछन् । एक विजेताले मिस्टर सुप्रानेशनलमा र अर्काेले मिस्टर इन्टरनेशनलमा भाग लिनेछन् ।’ यसैका साथसाथै मिस्टर नेशनलमा पनि मिस
सुप्रानेशनलसँगै अर्को फ्रेन्चाईज पनि हुनसक्ने जानकारी दिनुभयाे।

कार्यक्रममा मिस इन्टरकन्टिनेन्टलको क्राउनिङ समेत प्रदान गरिएको थियो । विपना अधिकारीले ताज जितेकी समारोहमा रजनी मिश्र
फस्र्ट रन अप र यरी तुलाधर सेकेण्ड रनर अप घोषित हुनुभयाे । उक्त प्रतिस्पर्धाको लागि गत हप्ता अडिसन र बन्द अन्तरवार्तामा
भएको थियो । जसमा डा. सन्तोष उपाध्याय, मिस नेपाल अर्थ प्रिया सिग्देल , बडि आर्टिस्ट डिभिनिस भनिने अनिष तामाङ निर्णायकमा
थिए ।

मिस इन्टरकन्टिनेन्टलको राष्ट्रिय निर्देशक राजेश रौनियारको पनि कार्यक्रममा सहभागीता थियो । विपनाले आगामी महिनामा इजिप्टमा हुने मिस इन्टरकन्टिनेन्टलमा भाग लिनुहुने छ । नेपालको सौदर्य प्रतियोगीतामा छोटो समयमै राम्रो प्रभाव जमाउन सफल सनुरभी इन्टरनेशनलका अध्यक्ष डा. उपाध्याय आफू मिस्टर नेपाल २०१९ विजेता हुनुहुन्छ । मिस्टर सुप्रानेशनल २०२१ मा थर्ड रनर अप हुँदै ग्राण्ड स्ल्याम पिजेन्टमा नेपालको हालसम्मकै उच्च स्थान हासिल गर्ने उहाँ पहिलो ब्यक्ति हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका