यूरो एनसीएपीमा ग्रेटवाल मोटर्सको कारलाई फाइभ स्टार रेटिङ • Nepal's Trusted Digital Newspaperयूरो एनसीएपीमा ग्रेटवाल मोटर्सको कारलाई फाइभ स्टार रेटिङ • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • यूरो एनसीएपीमा ग्रेटवाल मोटर्सको कारलाई फाइभ स्टार रेटिङ

यूरो एनसीएपीमा ग्रेटवाल मोटर्सको कारलाई फाइभ स्टार रेटिङ

  • समाचारपाटी
  • शुक्रबार, भदौ २४, २०७९
यूरो एनसीएपीमा ग्रेटवाल मोटर्सको कारलाई फाइभ स्टार रेटिङ

काठमान्डौं । ग्रेटवाल मोटर्सको विद्युतीय कार ओरा गुड क्याट र वे कफी ०१ मोडलको एसयूभीले यूरोपियन एनक्याप क्र्यास टेष्टमा फाइभ स्टार रेटिङ पाएको छ ।

यी सवारीको क्र्यास टेस्ट गर्दा एडल्ट प्यासेन्जरको सुरक्षामा ८३ प्रतिशत, बच्चा प्यासेन्जरको सुरक्षामा ८३ प्रतिशत र सडक प्रयोगकर्ताको सुरक्षामा ७४ प्रतिशत अंक पाएको हो ।

क्लासिक डिजाइनमा तयार भएको गुड क्याट यूरोपियन डिजाइन र चिनियाँ टेक्नोलोजीको मिश्रण रहेको छ । ४२३५ एमएमको लम्बाई, १८२५ एमएम चौडाई र १५९६ एमएम उचाई रहेको यो कारमा २६५० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।

बिरालोको जस्तो गोलो हेडलाइट र त्यसको वरिपरी दिइएको एलइडी डे टाइम रनिङ लाइटको साथै त्यसैमा दिइएको साइड इन्डिकेटरले यसको ‘क्लासिक नेस’लाई प्रदर्शित गरेको छ ।

गुड क्याटमा १०५ किलोवाट पीक पावरको मोटर रहेको छ जसले १४० हर्सपावर र २१० न्यूटन मिटर टर्क प्रदान गर्दछ ।

विद्युतीय कार ओरा गुड क्याट नेपाली बजारमा भीजी इम्पेक्सले नेपाल ल्याएको छ । नेपालमा यो कार उपलब्ध रहेता पनि कम्पनीले बिक्री भने प्रारम्भ गरेको छैन ।

यो कार नेपालमा लो भेरियन्टमा ४७।७ किलोवाट आवर र हाई भेरियन्टमा ६३।१ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । यसले ४०१ र ५०१ किलोमिटर क्रमशः रेन्ज दिने कम्पनीको दाबी छ ।

ORA 2 ORA 3

ORA

WEY 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका