चांगनको नयाँ स्किम :- ‘दशैं डिलाईट’ • Nepal's Trusted Digital Newspaperचांगनको नयाँ स्किम :- ‘दशैं डिलाईट’ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चांगनको नयाँ स्किम :- ‘दशैं डिलाईट’

चांगनको नयाँ स्किम :- ‘दशैं डिलाईट’

  • समाचारपाटी
  • शुक्रबार, भदौ २४, २०७९
चांगनको नयाँ स्किम :- ‘दशैं डिलाईट’

काठमान्डौं । चांगन ब्रान्डका सवारी बिक्री गर्दै आएको एमएडब्लू वृद्धिले नयाँ स्कीम ल्याएको छ । कम्पनीले आउँदै गरेको दशैं र तिहारको उपलक्ष्यमा ‘दशैं डिलाईट’ ट्याग दिएर यो स्किम ल्याएको हो।

यो स्किम अन्तर्गत कम्पनीका ग्राहकले चांगन एल्सभीनको खरिदमा ८ लाख रुपैयाँ डाउन पेमेन्ट गर्न सक्नेछन् । साथै, चांगनको हन्टर पीकअप किन्न चाहने ग्राहकले १५ लाख रुपैयाँ डाउन पेमेन्ट गर्दा हुनेछ ।

कम्पनीले चाडपर्वलाई मध्यनजर गर्दै ग्राहकलाई आकर्षक छुट, एक लाखसम्मको एक्सचेन्ज बोनस, एक वर्ष निःशुल्क बीमा र एक वर्षको सवारीसाधन कर पाउने व्यवस्था गरिदिएको छ ।

चांगनका एल्सभीन र हंटर टेष्ट ड्राइभ गर्न चाहने ग्राहकहरुले काठमान्डौंको नक्सालमा रहेको शोरुममा गई गाडीको अवलोकन र टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल बिक्री गर्दै आएको एल्सभीनको सुरुवाती मूल्य ४२ लाख छ भने हंटर पीकअपको मूल्य ७७ लाख रुपैयाँ रहेको छ ।

301912108 218046577221801 994902990327952183 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका