नेपाल टि–२० लिगका थप दुई टोली घोषणा • Nepal's Trusted Digital Newspaperनेपाल टि–२० लिगका थप दुई टोली घोषणा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाल टि–२० लिगका थप दुई टोली घोषणा

नेपाल टि–२० लिगका थप दुई टोली घोषणा

  • समाचारपाटी
  • शुक्रबार, भदौ २४, २०७९
नेपाल टि–२० लिगका थप दुई टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमान्डौंमा हुने नेपाल टि–२० लिगका थप दुई टोली घोषणा भएका छन ।

क्यानले बिहीवार पत्रकार सम्मेलन गर्दै पोखरा एभेन्चर्स र फार वेस्टन युनाइटेडको नाम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको टोलीमा पोखरा एभेन्चर्सको अध्यक्षमा पोस्टराज ज्ञवाली, निर्देशकमा सुवोध त्रिपाठी र सिइओमा अतिशा ज्ञवाली रहेका छन । यता फार वेस्टन युनाइटेडको भने इङल्याण्डको एस आर स्पोटर्स एण्ड भेन्चर्स, च्याटर एकाउण्टेड रुपिन्दर बग्गा रहनुभएकाे छ । कार्यक्रममा दुवै टोलीका मालिकले खेलकुद र नेपाली क्रिकेटमा योगदान दिन चाहेको बताउनुभयाे । निर्देशक सुवोधले नेपालमा आयोजना हुन लागेको प्रतियोगिताबाट पर्यटनमा पनि फाइदा पुग्ने बताउनुभयाे ।

यसअघि कान्तिपुर क्यापिटल, जनकपुर रोयलस, विराटनगर सुपरकिंग्स र लुम्बिनी अल स्टार्सको नाम सार्वजनिक गरेको थियो । योसँगै नेपाल टि २० लिग खेल्ने सबै ६ फ्रेन्चाइज टोलीको नै घोषणा भएको छ । नेपाल टि–२० लिग आगमी असोज ८ देखि कार्तिक ५ सम्म आयोजना हुँदैछ । प्रतियोगिता होम तथा अवेका रुपमा गरि डबल राउण्ड रोबिनको आधारमा हुनेछ । कान्तिपुर मिडिया गु्रप अन्तर्गत रहेको कान्तिपुरको टिम मालिकमा महेश्वर स्वार, अल स्टार्स स्पोटर्स अमेरिका अन्तर्गतको लुम्बिनीको टिम मालिक सञ्जय शर्मा, डाइमण्ड डिगिक्याप स्पोटर्स प्रा.लि., भारत अन्तर्गत रहेको विराटनगरका विक्रम यादव र गोल्ड स्पोटर्स प्रा.लि. अन्तर्गत रहेको जनकपुरका टिम मालिकमा गौरी शंकर धामनी रहनुभएकाे छ ।

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिष्पर्धा गर्नेछन । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मान्यता दिएको छ भने नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यसअघि नै मान्यता दिइसकेको छ ।

प्रतियोगितामा ए ग्रेडमा रहेका खेलाडीले १५ लाख, बी ग्रेडमा रहने खेलाडीले १० लाख र सी ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ न्यूनतम पाउनेछन । एक टोलीमा ११ नेपाली खेलाडी र ५ विदेशी खेलाडी रहनेछन ।

cri cri2 cri3 Sequence 09.04 26 50 24.Still2811

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका