बेलायती महारानी एलिजाबेथकाे ९६ वर्षको उमेरमा निधन • Nepal's Trusted Digital Newspaperबेलायती महारानी एलिजाबेथकाे ९६ वर्षको उमेरमा निधन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बेलायती महारानी एलिजाबेथकाे ९६ वर्षको उमेरमा निधन

बेलायती महारानी एलिजाबेथकाे ९६ वर्षको उमेरमा निधन

  • समाचारपाटी
  • शुक्रबार, भदौ २४, २०७९
बेलायती महारानी एलिजाबेथकाे ९६ वर्षको उमेरमा निधन

लन्डन। बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । उहाँको बिहीबार बिहानैबाट स्वास्थ्य स्थितिमा समस्या आएपछि बालमोरल दरबारमा उपचार भइरहेको थियो ।

चिकित्सकको सुपरीवेक्षणको उपचारकै क्रममा स्कटल्यान्ड बालमोरल दरबारमा उहाँको बिहीबार निधन भएको हो । २१ अप्रिल १९२६ मा मेफेयर लन्डनमा जन्मिएका महारानी एलिजावेथ द्वितीयको निधनसँगै जेठा छोरा राजकुमार चाल्र्स राजा हुनुभएकाे छ ।

पछिल्लो समय स्कटल्यान्डको बालमोरल दरबारमा बस्दै आउनुभएकी महारानीको चाहनाअनुसार दरबारमै चिकित्सकले उहाँको उपचार गरिरहेका थिए । उहाँ बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुनुहुनछ। उहाँ सन् १९५२ मा महारानी बन्नुभएकाे थियाे। रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान छन्।

उहाँका श्रीमान राजकुमार फिलिपको सन् २०२१ अप्रिलमा निधन भएको थियो। फिलिप र एलिजवेथको सन् १९४७ मा विवाह भएको थियो। त्यसको पाँच वर्षपछि एलिजावेथ बेलायतकी महारानी बन्नुभएकाे थियाे। राजकुमार फिलिपको निधन भएको एक वर्ष नबित्दै महारानी एलिजावेथको निधन भएको हो।

उहाँको सात दशकको शासनमा बेलायतमा १५ जना प्रधानमन्त्री भए। तीमध्ये सन् १८७४ मा जन्मेका विन्सटन चर्चिल पहिलो हुनुहुन्छ भने त्यसको १०१ वर्षपछि सन् १९७५ मा जन्मेका लिज ट्रसलाई एलिजावेथले गत साता मात्र प्रधानमन्त्री नियुक्त गर्नुभएकाे थियाे। उहाँले आफ्नो शासनकालभरि हरेक साता प्रधानमन्त्रीसँग भेट गर्नुभयाे।

एलिजावेथ त्यो समय बेलायतकी महारानी बन्नुभएकाे थियाे, जब विश्वभरि बेलायतको प्रभाव घट्दै थियो। भारत लगायत मुलुकहरूको शासनबाट ऊ पछाडि हट्दै थियो। संसारभरि नै समाजमा क्रान्तिकारी परिवर्तन आउँदै थियो भने बेलायतमै पनि धेरैले राजतन्त्रमाथि प्रश्न खडा गरिरहेका थिए। महारानीका रूपमा एलिजावेथले ती सबै चुनौती डटेर सामना गर्नुभयाे। उहाँले कठिन समयमा पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभयाे र बेलायती राजपरिवारप्रति जनताको विश्वास कायम राख्नुभयाे।

source:-rajdhanidaily

aliza

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका