करणीको आरोप लागेपछि क्यानसँग कानूनी उपचारमा सहयोग गरिदिन सन्दीप लामिछानेकाे आग्रह • Nepal's Trusted Digital Newspaperकरणीको आरोप लागेपछि क्यानसँग कानूनी उपचारमा सहयोग गरिदिन सन्दीप लामिछानेकाे आग्रह • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • करणीको आरोप लागेपछि क्यानसँग कानूनी उपचारमा सहयोग गरिदिन सन्दीप लामिछानेकाे आग्रह

करणीको आरोप लागेपछि क्यानसँग कानूनी उपचारमा सहयोग गरिदिन सन्दीप लामिछानेकाे आग्रह

  • समाचारपाटी
  • बिहिबार, भदौ २३, २०७९
करणीको आरोप लागेपछि क्यानसँग कानूनी उपचारमा सहयोग गरिदिन सन्दीप लामिछानेकाे आग्रह

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूबिरुद्ध जबरजस्तीकरणीको आरोप लागेपछि नेपाली क्रिकेट संघ (क्यान) सँग कानूनी उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

उहाँले प्रहरीमा एक १७ वर्षीया किशोरीले आफूबिरुद्ध जबरजस्तीकरणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि कानूनी उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको हो । हाल क्यारेबियन लिग क्रिकेटका लागि वेस्टइण्डिज पुग्नुभएका लामिछानेले क्यानसँगको फोन वार्तामा आफूले जबरजस्तीकरणी नगरेको दाबी गर्दै कानूनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको क्यानका सचिव प्रशान्त मल्लले बताउनु भयो । उहाँले क्रिकेटर लासमछानेसँग कुरा भइसकेको रे प्रिमियर लिगका खेल सकिएपछि स्वदेश फर्किने बताएको पनि जानकारी दिनुभयो । फोनवार्तामा क्रिकेटर लामिछानेले कानूनी उपचारमा प्रोफाइलिस्ट लयर खोजिदिन आग्रह गरेको बताउनु भयो । उहाँले यस बारेमा आईसीसीले पनि चासो दिएको उल्लेख गर्दै आईसीसीलाई पनि यस बारेमा जानकारी गराएको र आईसीसी यस विषयलाई लिएर गम्भीर रहेको बताउनु भयो । उहाँले नेपाल प्रहरीले क्रिकेटरले जबरजस्तीकरणी गरेको बारेमा क्यानसँग कुनै सहयोग हालसम्म नमागेको उल्लेख गर्दै यदी गलत काम गरेको खण्डमा क्यानले गलत कामको समर्थन नगर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजो राति क्यानले नै सम्पर्क गर्यो । मैले नै सम्पर्क गरेँ । रेप केसमा एकजना युवतीले जाहेरी दिएको छ, तिमीलाई थाहा छ भन्दा मैले थाहा पाएको छु भन्यो । यसमा तिम्रो भनाइ के हो भन्दा मेरो त्यसमा कुनै संलग्नता छैन । भन्ने किसिसमको कुरा गयो । क्यानले सहयोग गर्नुपयो । कानूनी उपचारमा प्रोफाइलिस्ट लयर हायर गर्नुपर्छ भन्यो । म सिपिएल म्याच सकेर फर्किन्छु भन्यो । टिमले थाहा पाएको छ तर खेल्नलाई समस्या छैन भन्यो । प्रहरीले हामीसँग सहयोग मागेको छैन । आईसीसीले चासो राखेको छ, मैले सबै ब्रिफ गरिसकेको छु । आइसीसीले के हुनसक्छ भन्यो । मैले केस लागेपछि त्यहीअनुसार कानूनअनुसार दर्ता हुन्छ भन्यौँ । यसमा आइसीसी गम्भीर बनेको छ ।    मुद्दा परेको छ, पुलिसले आफनो अनुसन्धान गरिरहेको छ ।’

क्यानको तर्फबाट सचिव मल्लले क्रिकेटर लामिछानेलाई बुधवार राति घटनाको बारेमा जानकारी लिनुभएको थियो । जसमा क्रिकेटरले यस घटनामा आफनो कुनै संलग्नता नरहेको उल्लेख गरेका क्यानले जनाएको छ । एक १७ वर्षीया युवतीले आफूलाई क्रिकेटरले जबरजस्तीकरण गरेको भन्दै मंगलवार बलात्कारको उजुरी दर्ता गरेकी थिइन ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका