“समूहगत उम्मेदवारीले संघलाई कमजोर बनाउँछ”:- तारानाथ ढुंगाना • Nepal's Trusted Digital Newspaper“समूहगत उम्मेदवारीले संघलाई कमजोर बनाउँछ”:- तारानाथ ढुंगाना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • “समूहगत उम्मेदवारीले संघलाई कमजोर बनाउँछ”:- तारानाथ ढुंगाना

“समूहगत उम्मेदवारीले संघलाई कमजोर बनाउँछ”:- तारानाथ ढुंगाना

  • समाचारपाटी
  • बिहिबार, भदौ २३, २०७९
“समूहगत उम्मेदवारीले संघलाई कमजोर बनाउँछ”:- तारानाथ ढुंगाना

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा महासचिव पदका आकांक्षी तारानाथ ढुंगानाले नेतृत्वका लागि समूहगत उम्मेदवारीले संस्थालाई कमजोर बनाउने बताउनुभएकाे छ । मतदातासँगको भेटघाटका क्रममा उहाँले समूहगत रुपमा निर्वाचनमा जाँदा अनावश्यक राजनिति भित्रने पनि बताउनुभएकाे हाे । संस्थाभित्र व्यवसायीको पक्षमा नभई आस्थाका आधारमा हुने राजनितिले प्रसय पाएको भन्दै उहाँले पोखरा उद्योग वाणिज्य संघ राजनितिको शिकार बन्न पुगेको दावी गर्नुभयाे ।

आफु महासचिवको उम्मेदवारका रुपमा स्वतन्त्र रुपले कुनै प्यानलमा नरहेपनि साझा उम्मेदवारका रुपमा मतदातासँगको भेटघाट बढाएको उहाँको भनाई छ । ‘प्यानल , गुट , उपगुट , समूदाय वा संगठन होईन सम्पूर्ण व्यवसायीको अपनत्व हुने गरी नेतृत्व चयन गरीनुपर्छ । सबैले संघ र व्यवसायीको हितमा काम नै गर्ने उदेश्य बोकेको छ भने किन प्यानल बनाउनुपर्यो ? तसर्थ एक्लै भएपनि आम मतदाताको साथ र समर्थनमा उम्मेदवार हुँदैछु ।’ जिरोकिलोमिटरमा रहेका व्यवसायीसँग मत माग्दै उहाँले भन्नुभयाे ।

दुई वर्षे कार्यकालमा १० हजार सदस्य पुर्याउने लक्ष्य, अल्पकालिन , मध्यकालिन र दिर्घकालिन योजनाका साथ अगाडी बढ्ने साथै आम उद्योगी व्यवसायीको समस्या निराकरणका लागि महासचिवको जिम्मेवारीमा पुर्याउन मतदातासमक्ष अपिल गर्दै भेटघाटलाई तिव्र बनाएको ढुंगानाले जानकारी दिनुभयाे ।

बस्तुगत हिसाबले कारोबार गर्ने पोखराका ६० —६५ ओटा संघहरुको साझा समस्या सुन्ने , समस्या समाधानका लागि नेतृत्वदायी भूमिका खेल्नेसहित सबै संस्था र व्यवसायीले अपनत्व महशुस गर्ने गरी संघलाई अभिभावकत्व ग्रहण गर्नुपर्ने आवश्यकता पनि ढुंगानाले औल्याएका छन् । संघको नेतृत्व छान्नका लागि रहेका ३ हजार १ सय ४३ मतदाता मात्रै नभएर सबै व्यवसायीको हक हितका पक्षमा लाग्ने प्रतिवद्धता पनि उहाँको रहेको छ ।

संघको आगामी २४ र २५ गते ३४ औँ महाधिवेसन हुदैछ । निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुने संघको महासचिवमा उम्मेदवारी प्रस्तुत गरेका ढुंगाना हाल मदिरा व्यवसायी महासंघका केन्द्रिय महासचिवका रुपमा काम गरीरहनुभएकाे छ । त्यस्तै अधिकृत विक्रेता संघका सल्लाहकार सहित दामु अधिकारीको नेतृत्वमा कार्यकारी सदस्यका रुपमा संघमा काम गरीसक्नुभएकाे छ ।

tara

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका