नदीपुरमा क्लबस्तरीय भलिबल सुरु, उद्घाटन खेलमा आयोजक विजयी • Nepal's Trusted Digital Newspaperनदीपुरमा क्लबस्तरीय भलिबल सुरु, उद्घाटन खेलमा आयोजक विजयी • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • नदीपुरमा क्लबस्तरीय भलिबल सुरु, उद्घाटन खेलमा आयोजक विजयी

नदीपुरमा क्लबस्तरीय भलिबल सुरु, उद्घाटन खेलमा आयोजक विजयी

  • समाचारपाटी
  • बिहिबार, भदौ २३, २०७९
नदीपुरमा क्लबस्तरीय भलिबल सुरु, उद्घाटन खेलमा आयोजक विजयी

पोखरा । पोखरा महानगरपालिका ३ स्थित नदीपुरमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (बुधबार) देखि क्लबस्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलबाट आयोजक टोलीले घलेल युवा क्लबलाई पराजित गर्दे सुखद सुरुवात गरेको छ ।

आयोजकले घलेल युवा क्लबलाई २५–१३, १९– २५ र २५–१७ को अंकसहित २–१ को सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिनुभयाे । उहाँका अनुसार अर्काे खेलमा नेपाल प्रहरी प्रशिक्षण केन्द्र पोखराले भुक देउराली क्लब पर्वतलाई १७–२५, २५–२१ र २५–१७ को अंकसहित २–१ सेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्याे ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले नवौं राष्ट्रिय खेलकुदको प्रवद्र्धन गर्ने धारणा राख्नुभयाे । ‘आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा ३९ वर्षपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैं छ, उहाँले भन्नुभयाे, ‘त्यो प्रतियोगिताको लागि यस खेलले पर्वद्धन गर्न सघाउ पुर्याउनेछ ।’

उहाँले पछिल्लो समय भलिबल खेलको विकास भएको बताउदै स्थानीय स्तरको खेलाडी उत्पादन टेवा पुग्ने बताउनुभयाे । ‘यस्तो खालको प्रतियोगिताहरु भयो भने उदीयमान खेलाडीहरुले आफ्नो खेल कौशल देखाउन मौका पाउँछन् र माथिल्लो स्तरको प्रतियोगिता सम्म खेल्ने हैसियत बनाउँछन् त्यसैले प्रतियोगिताहरु भइरहन आवश्यक छ ।’ उहाँले भन्नुभयाे ।

उहाँले आवश्यक परेको खण्डमा रंगशालमा निर्मित बहुउद्देश्य कभर्ड हल प्रयोग गर्न सक्नेसमेत बताउनुभयाे । ‘तपाइहरुले अरुबेला पनि केही खेलहरु आयोजना गर्नुहुन्छ भने । रंगशालामा कभर्डहल बनेको छ, गुरुङले भन्नुभयाे ‘घामपानी केहीको पनि पिरलो हुँदैन । त्यसको प्रयोग गर्न चाहनुभयो भने हामीलाई सम्पर्क गनुस् । सहजै उपलब्ध गराउनेछौं ।’

उहाँले आयोजक संस्थालाई आगामी दिनमासमेत सहयोग गर्ने बताउँदै उक्त प्रतियोगिताका लागि ३० हजार सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएकाे थियाे । क्लबका अध्यक्षका कुशल प्रसाद छन्त्यालका अनुसार आगामी २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त
गर्नेछ ।

यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष छन्त्यालले जानकारी दिनुभयाे ।

उक्त प्रतियोगितामा पुरुषतर्फ कुल २२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Tiesheet

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका