एयरपोर्टमा काठमान्डौँ ७ का उम्मेदवार किरण केसीको भव्य स्वागत • Nepal's Trusted Digital Newspaperएयरपोर्टमा काठमान्डौँ ७ का उम्मेदवार किरण केसीको भव्य स्वागत • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • एयरपोर्टमा काठमान्डौँ ७ का उम्मेदवार किरण केसीको भव्य स्वागत

एयरपोर्टमा काठमान्डौँ ७ का उम्मेदवार किरण केसीको भव्य स्वागत

  • समाचारपाटी
  • बिहिबार, भदौ २३, २०७९
एयरपोर्टमा काठमान्डौँ ७ का उम्मेदवार किरण केसीको भव्य स्वागत

मङ्सिरमा हुन लागेको संसदीय चुनावमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएका किरण केसी नेपाल आउनुभएकाे छ । उहाँ बिगत ४ वर्ष देखि अस्ट्रेलिया बस्दै आउनुभएकाे थियाे । उहाँले उतै बाट उम्मेदवारी घोषणा गर्नुभएकाे थियाे । आज ठुलो समर्थकका बिच उहाँले एयरपोर्टमा सानो वक्तब्य दिनुभएकाे थियाे । केहि मतदाता , शुभचिन्तक र बालाजुबासी हरुले उहाँलाइ फुलमाला पहिराएर , नेपालको झण्डा ओढाएर स्वागत गरेका थिए । उहाँलाई समर्थकहरुले माछापोखरी चोक बाट उहाँको घर सम्म नारा लगाउदै पुराएका थिए ।

माछापोखरी चोकको धुवाँ धुलो देखाउँदै उहाँले भन्नुभयाे :-‘अस्ट्रेलियामा आरामको जिन्दगि बाचिरहेकै थिए तर यहाँ म आइपुग्ने बित्तिकै धुलो खानु पर्यो । तर म अब काठमान्डाैँ ७ लाइ धुलो मुक्त सहर बनाउँछु , धुलोयुक्त हावामा सास फेर्नु एउटा अपराध हो तर हामीलाई धुलो खाँदा खाँदा धुलो खानु केहि होइन भन्ने परिसक्यो , यो राज्यले गरेको अपराध हो ।’

इन्जिनियर किरण केसी अस्ट्रेलियामा व्यवसाय गर्दा गर्दै नेपालको राजनीतिमा आउनुभएकाे छ । समग्र राजनीतिको शुद्धिकरण र काठमान्डाैँ ७ को सुन्दरता फर्काउने उहाँको मुख्य लक्ष्य रहेको बताउनुभयाे । बालाजु बसन्तनगर हिले टोलका स्थानीयवासीले किरण केसीलाइ उत्साहका साथ स्वागत गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका