निउ इलेक्ट्रिकको नयाँ शोरुम भक्तपुरमा • Nepal's Trusted Digital Newspaperनिउ इलेक्ट्रिकको नयाँ शोरुम भक्तपुरमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • निउ इलेक्ट्रिकको नयाँ शोरुम भक्तपुरमा

निउ इलेक्ट्रिकको नयाँ शोरुम भक्तपुरमा

  • समाचारपाटी
  • बुधबार, भदौ २२, २०७९
निउ इलेक्ट्रिकको नयाँ शोरुम भक्तपुरमा

काठमान्डौँ । नेपाली बजारमा पछिल्लो समय निकै रुचाइएको निउ ब्रान्डको भक्तपुरमा नयाँ शोरुम संचालनमा आएको छ । नेपालका लागि निउ इलेक्ट्रिकको आधिकारिक विक्रेता कम्पनी इको इन्फिनिटीले भक्तपुरको सूर्यविनायकस्थित घलाटेमा नयाँ शोरुम संचालनमा ल्याएको हो ।

मिस युनिभर्स नेपाल २०२२ की विजेता सोफिया भुजेल र सेकेन्ड रनरअप आस्मा केसीले संयुक्त रुपमा उक्त शोरुमको उद्घाटन गरेका हुन् । बिगत ५ वर्षदेखि निउका इलेक्ट्रीक स्कुटरहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आएको इको इन्फिनिटीले उक्त शोरुममा ८ वटा मोडलका सवारी बिक्री गर्ने छ ।

(Gova G5), गोभा जी थ्री (Gova G3), युक्युआईजीटी, युक्युआईएम (UQIM), एन स्पोर्ट(NSport), एनक्युआइजिटी (NQIGT), एमक्युआइप्लस स्पोर्ट (MQI+Sport), एमक्युआइजीटी (MQIGT) रहेका छन् ।

जसअन्तर्गत गोभा जी फाइभ (GOVA G5), गोभा जी थ्री (GOVA G6), युक्युआईजीटी (UQIGT) , युक्युआईएम (UQIM) एन स्पोर्ट(NSport), एनक्यु आइजिटी (NQIGT),एमक्युआइप्लस स्पोर्ट (MQI+Sport एमक्युआइजीटी (MQIGT)रहेका छन् ।

इको इन्फिनिटी प्रालिका डाइरेक्टर तरुन बज्राचार्यले कम्पनीले टेकु, बौद्ध र इटहरीमा नयाँ शोरुम उद्घाटनको तयारी गरिरहेको बताउनुभयाे । उहाँले भक्तपुर शोरुम उद्धघाटनको अवसरमा पहिलो १० जना ग्राहकलाई १० हजार नगद छुटका साथै विभिन्न उपहार दिने व्यवस्था रहेको जानकारी दिनुभयाे ।

हाल काठमाडौंको दरवार मार्ग, झम्सिखेल, बुटवल, झापाको बिर्तामोडमा इको इन्फिनिटीले निउ ब्रान्डका शोरुम संचालनमा रहेको छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका