ग्रेटवालले सार्वजनिक गर्यो दशैँ स्किम:- ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ • Nepal's Trusted Digital Newspaperग्रेटवालले सार्वजनिक गर्यो दशैँ स्किम:- ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • ग्रेटवालले सार्वजनिक गर्यो दशैँ स्किम:- ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’

ग्रेटवालले सार्वजनिक गर्यो दशैँ स्किम:- ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’

  • समाचारपाटी
  • बुधबार, भदौ २२, २०७९
ग्रेटवालले सार्वजनिक गर्यो दशैँ स्किम:- ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’

काठमान्डौँ । ग्रेटवाल मोटर (जिडब्लुएम) नेपालले नजिकिदै गरेको दशैँ, तिहार र छठको अवसर पारी नयाँ स्किम सार्वजनिक गरेको छ । जिडब्लुएम ब्रान्डको आधिकारिक वितरक भिजी ईम्पेक्स प्रालिले ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ ट्याग दिएर यो स्किम ल्याएको हो ।

यस स्किम अन्तर्गत कम्पनीले जिडब्लुएम ब्रान्डका कुनै पनि गाडीको खरिदमा आकर्षक छुटसँगै विभिन्न योजनाहरु उपलब्ध गराउने भएको छ ।

यो स्किममा लोएल्टी बोनस पाउनका लागि भने ग्राहक स्वयंम वा आफ्नो पविारसँग पहिले नै ग्रेटवालका गाडी भए अतिरिक्त छुट पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

साथै, यसमा ग्राहकहरुले निशुल्क एक्सेसोरिज सहित ५ वर्षको वारेन्टी सुविधा पाउनुका साथै स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउनेछन् भने प्याकेजमा ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुनेछ ।

हाल नेपाली बजारमा ग्रेटवाल मोटरले हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ बिक्री गर्दै आएको छ । कम्पनीले सार्वजनिक गरेको यो स्किममा ग्रेट वालका कुनै पनि गाडी किन्दा लगतै नगद छुट पाउन सकिन्छ ।

त्यस्तै, एक वर्षको लागि कम्प्रिहेन्सिभ बीमाको साथमा एक वर्षको फ्री मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरु समावेश गरिएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका