मानव सेवा आश्रम छोरेपाटनमा गोरखा मिलन समाज पोखराको सहयोग • Nepal's Trusted Digital Newspaperमानव सेवा आश्रम छोरेपाटनमा गोरखा मिलन समाज पोखराको सहयोग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मानव सेवा आश्रम छोरेपाटनमा गोरखा मिलन समाज पोखराको सहयोग

मानव सेवा आश्रम छोरेपाटनमा गोरखा मिलन समाज पोखराको सहयोग

  • समाचारपाटी
  • बुधबार, भदौ २२, २०७९
मानव सेवा आश्रम छोरेपाटनमा गोरखा मिलन समाज पोखराको सहयोग

आफ्नो स्थापनाको २३ औं बर्षगाँठमा गोरखा मिलन समाज पोखराले छोरेपाटनमा रहेको मानव सेवा आश्रमलाई खाद्य सामाग्री सहयोग गरेको छ । भाद्र २० गते समाज स्थापनाको दिन पारेर समाजका अध्यक्ष कपिल पोखरेल सहितको पदाधिकारीहरुले आश्रमलाई सामाग्री हस्तान्तरण गर्नुभएकाे हाे ।

करिब २० हजार मुल्य बराबरका खाद्यसामाग्री आश्रमकी अभियान्ता सम्झना बास्तोला तथा अभिभावक सोभा गौतमलाई समाजका अध्यक्ष कपिल पोखरेलले हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमा बोल्दै आश्रमकी अभियान्ता सम्झना बास्तोलाले गोरखा मिलन समाज पोखराले गरेको सहयोगलाई धन्यवाद दिदै यस्ता सहयोगी हातहरु निरन्तर आउने अपेक्षा गर्नुभयो । उहाँले हाल मानव सेवा आश्रममा ६३ जना महिलाहरु र ६ जना काम गर्नेहरु बस्दै आएको बताउँदै सबैको सहयोगले आश्रम चल्दै आएको बताउनुभयो । गोरखा मिलन समाजका अध्यक्ष कपिल पोखरेलले समाजको तर्फबाट आफैले रकम उठाएर सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै यस्ता सहयोगहरु फेरी पनि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मानव सेवा आश्रम सहयोग कार्यक्रमको संयोजन समाजकी सह कोषाध्यक्ष गीता खनालले गर्नुभएको थियो भने समाजले आफ्नो स्थापनाको २३ औं बर्षको अवसर पारेर समाजले हरेक बर्ष बिभिन्न ठाउँमा सहयोग गर्दै आएको छ । गत बर्ष पोखराको बात्स्यान बृद्धाआश्रममा न्यानो कपडा बितरण गरेको थियो । मानव सेवा आश्रम लगतै पोखरा राष्ट्रबैंकको मझेरी फूडमा समाजको कार्यसमिति, पूर्व अध्यक्ष, पदाधिकारी सहितको पूर्ण बैठक सम्पन्न भएको छ । भाद्र २५ गते शनिबार हुने अधिवेशनको पूर्व तयारीको अवसरमा भएको बैठकमा सबै पूर्व अध्यक्ष, पदाधिकारीहरुले आफ्नो आफ्नो धारणा प्रस्तुत गरेका थिए । महासचिव र कोषाध्यक्षको प्रतिवेशन समेत बैठकले सुझाब सहित पारित गरेको छ । अब २५ गते हुने अधिवेशनमा उक्त प्रतिवेदन छलफलका लागी सभामा पेश हुनेछ ।

 

manab2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका