दशैँको अवसरमा दशरथ रंगशालामा १० वर्षपछि सांगीतिक महोत्सव हुने • Nepal's Trusted Digital Newspaperदशैँको अवसरमा दशरथ रंगशालामा १० वर्षपछि सांगीतिक महोत्सव हुने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • दशैँको अवसरमा दशरथ रंगशालामा १० वर्षपछि सांगीतिक महोत्सव हुने

दशैँको अवसरमा दशरथ रंगशालामा १० वर्षपछि सांगीतिक महोत्सव हुने

  • समाचारपाटी
  • मङ्लबार, भदौ २१, २०७९
दशैँको अवसरमा  दशरथ रंगशालामा १० वर्षपछि सांगीतिक महोत्सव हुने

दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ । सोमवार काठमान्डौंमा पत्रकार सम्मेलन गरेर कन्सर्टबारेमा जानकारी गराइएको हो । दशैँको अवसरमा आगामी असोज १५ गते रंगशालामा सांगीतिक महोत्सवको आयोजना हुनेछ । उक्त कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्टस ब्याण्डलगायतका कलाकारहरुले प्रस्तुती दिनेछन । कार्यक्रममा बोल्दै पार्टी नेपालका श्री गुरुङले सांगीतिक कार्यक्रमले युवा वर्गमा दशैँको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने, वर्षौँदेखि थलिएको इभेन्ट म्यानेजमेण्ट व्यवसायको हौसला बढाउने र नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोडन सघाउने लक्ष्य राखिएको बताउनु भयो । उहाँले दशैँ महोत्सवको टिकटक प्रतिष्पर्धासमेत राखिएको र यसमा उत्कृष्ट १० जनाले पोखरा रिसोर्ट प्याकेज, विभिन्न रेष्टुरेण्टमा डिनर प्याकेज, भिआइपी एक्सेसलगायत पुरस्कारहरु प्रदान गरिने बताउनु भयो ।

कन्सर्टको आयोजना पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेण्डली मिडियाको संयुक्त आयोजनामा हुन लागेको हो । कन्सर्टमा २० हजारभन्दा बढी दर्शक उपस्थित हने आयोजकले अपेक्षा राखेको छ ।

Sequence 09.02 48 58 23.Still2641 Sequence 09.02 49 18 14.Still2642

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका