साझा प्रकाशनले पुस्ताकालय दिवस र दशैँको अवसरमा पुस्तक प्रदर्शनी • Nepal's Trusted Digital Newspaperसाझा प्रकाशनले पुस्ताकालय दिवस र दशैँको अवसरमा पुस्तक प्रदर्शनी • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • साझा प्रकाशनले पुस्ताकालय दिवस र दशैँको अवसरमा पुस्तक प्रदर्शनी

साझा प्रकाशनले पुस्ताकालय दिवस र दशैँको अवसरमा पुस्तक प्रदर्शनी

  • समाचारपाटी
  • मङ्लबार, भदौ २१, २०७९
साझा प्रकाशनले पुस्ताकालय दिवस र दशैँको अवसरमा पुस्तक प्रदर्शनी

साझा प्रकाशनले पुस्ताकालय दिवस र दशैँको अवसर पारेर पुस्तक प्रदर्शनी शुरु गरेको छ ।

प्रकाशनले नेपाली साहित्यको संरक्षण, पाठकहरुको सहजताका लागि भन्दै भदौ १९ देखि ३१ गतेसम्म पुस्तक प्रदर्शनीको आयोजना गरेको हो । पुस्तक प्रदर्शनीमा नेपाली साहित्यका विभिन्न विधाका पुस्तक राखिएको साझा प्रकाशनका महाप्रवन्धक प्रह्लाद पोख्रेलले बताउनु भयो । उहाँले नेपाली साहित्यका कथा,कविता,उपन्यास,निवन्ध र शब्दकोस लगायत विभिन्न पुस्तकहरु प्रदर्शनीमा राखिएको बताउनु भयो । महाप्रवन्धक पोख्रेलले पुराना पुस्तकहरु एक रुपैयाँदेखि ७ रुपैयाँ र सबैभन्दा महँगो २८ सयसम्म पर्ने पुस्तकहरु प्रदर्शनीमा राखिएको बताउनु भयो । उहाँले गत नयाँ वर्षमा गरिएको पुस्तक प्रदर्शनीमा पाठकहरुले देखाएको उत्साहले साझा प्रकाशन उत्साहित भएको भन्दै पुस्तकालय दिवस र दशैँको अवसर पारेर प्रदर्शनी ओजना गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘साझा प्रकाशनले विभिन्न समयमा प्रकाशन गरेका पुस्तकहरुलाई प्रदर्शनी र बिक्री गरिरहेको छ । पुस्तकालय दिवसको सन्दर्भ र दशैँको अवसर पारेर भदौ १९ देखि ३१ गतेसम्म पुस्तक प्रदर्शनीको आयोजना गरेका छौं । प्रदर्शनीमा नेपाली साहित्यका विभिन्न विधाहरुका पुस्तक राखिएका छन । कथा,कविता,उपन्यास,निवन्ध र शब्दकोस लगायत विभिन्न सामग्रीहरु रहेका छन । पुराना पुस्तकहरु एक रुपैयाँदेखि ७ रुपैयाँसम्म प्रदर्शनीमा किन्न पाइन्छ । सबैभन्दा महँगो भनेको २८ सयसम्म पर्ने पुस्तकहरु प्रदर्शनीमा रहेका छन । गत नयाँ वर्षमा गरिएको पुस्तक प्रदर्शनीमा पाठकहरुले देखाएको उत्साहले साझा प्रकाशन उत्साहित भएको छ । २०४० साल भन्दा अगाडि प्रकाशित भएका पुस्तकहरुमा ५० प्रतिशत छुट दिएका छौं । २०५० सालभित्र प्रकाशित भएका पुस्तकमा ४० प्रतिशत छुट र २०५१ सालपछि प्रकाशित भए पुस्तकहरुमा ३० प्रतिशत छुट रहेको छ । शब्दकोसहरुमा २५ प्रतिशत छुट रहेको छ । साझा प्रकाशन बाहेक प्रकाशनका पुस्तकहरुमा ३० प्रतिशत छुटको व्यवस्था गरेका छौँ ।’

उहाँले २०४० साल भन्दा अगाडि प्रकाशित भएका पुस्तकहरुमा ५० प्रतिशत,२०५० सालभित्र प्रकाशित भएका पुस्तकमा ४० प्रतिशत छुट र २०५१ सालपछि प्रकाशित भएका पुस्तकहरुमा ३० प्रतिशत छुटको व्यवस्था गरेको बताउनु भयो । उहाँले शब्दकोसहरुमा २५ प्रतिशत छुट र साझा प्रकाशन बाहेक प्रकाशनका पुस्तकहरुमा ३० प्रतिशत छुटको व्यवस्था गरेको बताउनु भयो ।

Sequence 09.02 46 03 04.Still2635 Sequence 09.02 46 08 01.Still2636 Sequence 09.02 46 16 06.Still2637 Sequence 09.02 46 24 16.Still2638 Sequence 09.02 46 30 16.Still2639

 

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका