नेपाल भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी घोषणा • Nepal's Trusted Digital Newspaperनेपाल भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी घोषणा • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • नेपाल भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी घोषणा

नेपाल भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी घोषणा

  • समाचारपाटी
  • मङ्लबार, भदौ २१, २०७९
नेपाल भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी घोषणा

नेपाल भलिबल संघको नयाँ कार्यसमितिका लागि नेपाल भलिबल संघका हालका महासचिव जितेन्द्र बहादुर चन्दले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएकाे छ । कान्तिपथस्थित होटल यलोपगोडामा अध्यक्ष मनोरञ्जन शर्मा, भलिबल संघका विगतका नेतृत्व, आफ्नो समयका चर्चित एवं सम्मानित पूर्व अन्तराष्ट्रिय खेलाडीहरु, विभिन्न भलिबल क्लबका तथा जिल्ला प्रतिनिधिहरु, खेलाडीहरु तथा पदाधिकारीहरुका बीच चन्दले आगामी भाद्र २२ गते हुने नेपाल भलिबल संघको चुनावी साधारण सभामा नयाँ नेतृत्वका लागि अध्यक्ष पदका उम्मेदवारी दिने घोषणा गर्नुभएकाे हाे । चन्दले आफु भलिबलको खेलाडी रहेको र भलिबलको जिम्मेवारी वहन गर्ने क्रममा महासचिवको पदमा रहेर भलिबलको विकासमा योगदान पुर्याउने क्रममा हिजोका दिनका कतिपय कार्ययोजना सम्पन्न भएका र कतिपय कार्ययोजना सम्पन्न हुन बाँकी रहेको भन्दै उक्त बाँकी कार्ययोजनालाई पूर्णरुपमा कार्यान्वयन गर्नकालागि अध्यक्ष पदमा उम्मेदवारी दिने निधो गरेको बताउनुभयाे ।

यस्तै संघका सदस्य रोशन श्रेष्ठले महासचिवमा उम्मेदवारीको घोषणा गर्दै चन्दको नयाँ कार्यसमितिमा रहेर काम गर्ने आफ्नो मनोकांक्षा रहेको बताउनुभयाे ।

आफ्नो समयमा चर्चित तथा सम्मानित अन्तराष्ट्रिय खेलाडीहरु पूर्व सशस्त्र प्रहरी महानिरीक्षक दुर्ज कुमार राई, रमेश खरेल, पूर्व पदाधिकारी तथा अन्यले खाली बोल्ने मात्र नभई बोलेका कुरालाई कायान्वयनमा ल्याउनुपर्नेमा खवरदारी गर्दै चन्दको नेतृत्व भलिबलका लागि आवश्यक रहेको भन्दै शुभकामना प्रदान गर्नुभयाे ।

MB2A8431

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका