अधिकतम उद्योगी व्यवसायीको समर्थन पवन प्रजापति समूहलाई • Nepal's Trusted Digital Newspaperअधिकतम उद्योगी व्यवसायीको समर्थन पवन प्रजापति समूहलाई • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अधिकतम उद्योगी व्यवसायीको समर्थन पवन प्रजापति समूहलाई

अधिकतम उद्योगी व्यवसायीको समर्थन पवन प्रजापति समूहलाई

  • समाचारपाटी
  • मङ्लबार, भदौ २१, २०७९
अधिकतम उद्योगी व्यवसायीको समर्थन पवन प्रजापति समूहलाई

पोखरा । उद्योगी व्यवसायीहरुको पक्षमा काम गर्ने प्रतिबद्धतासहित उनीहरुको घरदैलोमा पुगिरहेको पवनकुमार प्रजापति सहितको टोलीलाई मतदाताहरुको अधिकतम समर्थन मिलेको छ । मतदाता उद्योगी व्यवसायीहरुले आफ्नो नेतृत्वको समूहलाई अत्याधिक विश्वास गरेको अध्यक्ष प्रत्यासी प्रजापतिको दाबी छ । आईतबार घरदैलोको क्रममा प्रजापति र उहाँको समूह प्रस्यांङ्ग, जिरोकिलोमिटर, मालेपाटन, मासबार, रत्नचोक, राष्ट्रबैंकचोक, मुस्तांगचोक लगाएतका स्थानमा पुगेर उद्योगी व्यवसायीहरुलाई भेटेर आफ्नो पक्षमा मत मागेका थिए ।

संघमा क्रमैसँग आएको नेतृत्व र परिस्कृत सोँचसहितको नयाँ पुस्ताका सदस्य पदाधिकारीहरुको उत्कृष्ट समूह भएकोले उद्योगी व्यवसायीहरुले आफ्नो समूहलाई बढि रुचाएको प्रजापतिको दाबी छ ।

”हामी जहाँ पनि गैरहेका छौँ, त्यहाँ व्यवसायीहरुबाट एकदमै राम्रो प्रतिकृया पाईरहेका छौँ ।” अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिले भन्नुभयाे ‘उद्योगी व्यवसायीहरुबाट पाएको माया र सद्घावले हामीलाई अझै बढि जिम्मेवारी बोध गराएको छ ।” प्रजापतिले संघको जीवन्तता र उद्योगी व्यवसायीहरुको अभियन्ता बन्ने नारासहित आफूहरु चुनावी मैदानमा होमिएको बताउनुभयाे । हालसम्म करिब ८० प्रतिशत उद्योगी व्यवसायीको घरदैलोमा पुगेर आफ्नो समूहले मत मागिसकेको प्रजापतिले भन्नुभयाे ।

प्रजापति समूहले संघमा आबद्ध उद्योगी व्यवसायीहरुको समस्या हल गर्ने र उद्योग वाणिज्य संघको आर्थिक स्रोत बढाउने कार्ययोजनालाई प्राथमिकतामा राखेर आफ्नो पक्षमा मत मागिरहेको छ । समावेशी कार्यसमिति निर्माण गरेको दाबी गर्ने यो समूहले उद्योग वाणिज्य संघमा निर्वाचित भएर आएसँगै उद्योगी व्यवसायीले तत्काल महशुस गर्ने गरि काम गर्ने प्रतिबद्धता जनाएको छ । प्रजापति समूहले विभिन्न १७ बुंदे घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताहरुलाई अक्षरश पुरा गर्ने वचन समेत घरदैलोको क्रममा दिएको छ ।

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा प्रजापति समूहबाट वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।

pawan team 19

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका