भदौ २२ मा सार्वजनिक हुँदै ‘आइफोन १४’ • Nepal's Trusted Digital Newspaperभदौ २२ मा सार्वजनिक हुँदै ‘आइफोन १४’ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भदौ २२ मा सार्वजनिक हुँदै ‘आइफोन १४’

भदौ २२ मा सार्वजनिक हुँदै ‘आइफोन १४’

  • समाचारपाटी
  • सोमवार, भदौ २०, २०७९
भदौ २२ मा सार्वजनिक हुँदै ‘आइफोन १४’

काठमाडौं । एप्पलले बहुप्रतिशिक्षत आईफोन आउँदो सेप्टेम्बर ७ तारिख अर्थात् यही भदाै २२ गते बुधबारका दिन सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले एप्पलको लोगो सहितको भिडिओ सार्वजनिक गर्दै सेप्टेम्बर ७ मा ‘एप्पल इभेन्ट’ आयोजना हुने जानकारी दिएको हो । उक्त दिन आईफोन १४ सिरिजमा तीन ओटा स्मार्टफोन, म्याक, लो-इन्ड तथा हाई-इन्ड आईप्याड र तीन ओटा एप्पल वाच मोडल सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

विश्वभरमै प्रतिक्षा गरिएको आईफोन १४ प्रो म्याक्स स्मार्टफोन उक्त दिन भारतमा पनि सार्वजनिक हुन सक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । एप्पलले हालसम्म सार्वजनिक गरेका विभिन्न सिरिजका आईफोन मध्ये १४ सिरिज अन्तर्गतको यो फोन उत्कृष्ट सुविधाहरुले सुसज्जित रहने जनाइएको छ ।

सार्वजनिक भएका सुचना अनुसार भारतमा यस फोनको मूल्य ८४ हजार ९ सय भारु पर्ने अनुमान गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका