टीभीएसको दशैँ अफर: ‘टीभीएस कायापलट’ • Nepal's Trusted Digital Newspaperटीभीएसको दशैँ अफर: ‘टीभीएस कायापलट’ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • टीभीएसको दशैँ अफर: ‘टीभीएस कायापलट’

टीभीएसको दशैँ अफर: ‘टीभीएस कायापलट’

  • समाचारपाटी
  • सोमवार, भदौ २०, २०७९
टीभीएसको दशैँ अफर: ‘टीभीएस कायापलट’

काठमाडौँ । नजिकिंदै गरको नेपालीहरुको महान पर्व दशैँलाई लक्षित गर्दै टीभीएसले ‘टीभीएस कायापलट’ नामक स्किम सार्वजनिक गरेको छ । यस स्किम अन्तर्गत ग्राहकहरुले टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्दा बम्पर उपहारको रुपमा ५० लाखसम्म पाउन सक्ने छन् ।

त्यस्तै, ग्राहकहरुले बाइक वा स्कुटर नकिने पनि शोरुममा गई त्यहाँ दिइएको निर्देशन अनुसार गरेमा १ लाख रुपैयाँ सम्म जित्न सक्ने व्यवस्था गरिएको छ । यसैमा मोटरसाइकल तथा स्कुटर खरिद गरेपछि १० लाख रुपैयाँ सम्म जित्न सकिने छ ।

टीभीएस बाइक वा स्कुटरको वारेमा सोधपुछ मात्र गरे पनि हरेक दिन रियल मी सी३० मोडलको स्मार्टफोन जित्न सक्नेछन् । यस बाहेक हरेक हप्ता शत प्रतिशत क्यास ब्याक समेत पाइने व्यवस्था कम्पनीले गरेको छ ।

हाल टीभीएसका बाइक वा स्कुटर २० प्रतिशत सम्मको डाउन पेमेन्टमा लिन सकिने छ । कम्पनीले विजेताको घोषणा लक्की ड्रमार्फत हरेक मंगलबार साँझ ५ बजे टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सको फेसबुक पेजबाट लाइभ गर्ने जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका