नेपाल भित्रियो मेक्सस टी ६० मोडलको पिकअप • Nepal's Trusted Digital Newspaperनेपाल भित्रियो मेक्सस टी ६० मोडलको पिकअप • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाल भित्रियो मेक्सस टी ६० मोडलको पिकअप

नेपाल भित्रियो मेक्सस टी ६० मोडलको पिकअप

  • समाचारपाटी
  • सोमवार, भदौ २०, २०७९
नेपाल भित्रियो मेक्सस टी ६० मोडलको पिकअप

काठमाडौं । नेपाली बजारमा मेक्सस ब्राण्डको पीकअप भित्रिएको छ । एमजी तथा माज्दा ब्रान्डका सवारी बिक्री वितरण गर्दै आएको पारामाउन्ट मोटर्सले मेक्सस ब्राण्डको पीकअप नेपाल ल्याएको हो ।

चीनको एसएआईसी ग्रुपको स्वामित्वमा रहेको मेक्ससले कमर्शियल र प्यासेन्जर गाडी उत्पादन गर्दै आएको छ । कम्पनीले हाल भित्र्याएको पिकअप मेक्सस टी ६० मोडलको रहेको छ ।

२.८ लिटर क्षमताको यूरो फोर मापदण्डको डिजेल इन्जिन रहेको मेक्सस टी ६०को इन्जिनले १५० हर्स पावर र ३५० एनएम टर्क प्रदान गर्दछ । यसमा ६ स्पीड टर्क कन्भर्टर अटोमेटीक गियरबक्स दिइएको छ ।

दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध यस पीकअपमा १९ इन्चको ह्वील, इबीडी सहितको एबीएस, इएसपी, इबीए, दुई एयरब्याग, टायर प्रेसर मोनिटर, पार्किङ सेन्सर, रियर क्यामेरा जस्ता आकर्षक फिचर उपलब्ध रहेका छन् ।
OIP
यसमा एड्जस्टेवल ड्राइभर सिट, अगाडि र पछाडि नै एसीको राम्रो उपलब्धता, एयर प्यूरिफायर, एड्जस्टेवल स्टेरिङ ह्वील, फेब्रिक सिट, सेन्ट्रल लकिङ पावर विन्डो, ४ वटा स्पीकर, रिमोर्ट कि लगायतका विशेषता समेत छन् ।

यो पीकअपको लम्बाई ५३६५ एमएम, चौडाई १९०० एमएम र उचाई १८०९ एमएम रहेको छ भने यसमा ३१५५ एमएमको ह्वीलवेस पाउन सकिन्छ । मेक्सस टी ६० मा २१५ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध छ ।

पारामाउन्ट मोटर्सले यसको मूल्य हाल सार्वजनिक भने गरेको छैन तर यसको आधिकारीक विक्री भने चाडैं सुरु हुने कम्पनीका महाप्रबन्धक सचिन अर्यालले बताए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका