रुपाहिल दोहोरी साँझको तेस्रो वाषिकोत्सवमा राष्ट्रिय कलाकारहरुको जमघट • Nepal's Trusted Digital Newspaperरुपाहिल दोहोरी साँझको तेस्रो वाषिकोत्सवमा राष्ट्रिय कलाकारहरुको जमघट • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • रुपाहिल दोहोरी साँझको तेस्रो वाषिकोत्सवमा राष्ट्रिय कलाकारहरुको जमघट

रुपाहिल दोहोरी साँझको तेस्रो वाषिकोत्सवमा राष्ट्रिय कलाकारहरुको जमघट

  • समाचारपाटी
  • सोमवार, भदौ २०, २०७९
रुपाहिल दोहोरी साँझको तेस्रो वाषिकोत्सवमा राष्ट्रिय कलाकारहरुको जमघट

पोखरा। पोखराको चिप्लेढुुङ्गास्थित रुपाहिल दोहोरी साँझले तेस्रो वार्षिकोत्सव मनाउने भएको छ । भोली (सोमबार) देखि आगामी २४ सम्म राष्ट्रिय कलाकारहरुको साथमा सांगीतिक माहौलसँग वार्षिकोत्सव मनाउने तमु कलाकार संघ गण्डकीका अध्यक्ष समेत रहनुभएका
गायक  सुरेन्द्र गुरुङले जानकारी दिनुभयाे ।

उहाँका अनुसार ५ दिनसम्म सञ्चालन हुने सो साँस्कृतिक कार्यक्रम बेलुकी ७ बजेदेखि राती १ बजेसम्म सञ्चालन हुनेछ । भोलिदेखि सुरु हुने सांगीतिक साँझमा २० गते भागिरथ चलाउने, २१ गते श्याम राना, २२ गते प्रिती आले र डान्सर शेखर घर्ति मगर, २३ गते शिला आले मगर र
२४ गते चन्द्र शर्मा लगायत सुरेन्द्र गुरुङ, असु गुरुङ लगायत रुपाहिल दोहोरी साँझका नियमित कलाकारहरुको बेजोड प्रस्तुती रहने दोहोरी साँझका सञ्चालकले अमृत गुरुङले जानकारी दिनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका