भुर्जुङखोलामा ‘माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिता हुने • Nepal's Trusted Digital Newspaperभुर्जुङखोलामा ‘माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिता हुने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भुर्जुङखोलामा ‘माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिता हुने

भुर्जुङखोलामा ‘माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिता हुने

  • समाचारपाटी
  • सोमवार, भदौ २०, २०७९
भुर्जुङखोलामा ‘माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिता हुने

पाेखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका तत्वाधन र भलिबल संघले संविधान दिवसको अवसरमा ‘गण्डकी प्रदेश अन्तर गाउँपालिकास्तरीय भलिबल प्रतियोगिता (माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप) आयोजना गर्ने भएको छ ।

पोखरामा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी ३० गतेदेखि असोज १ गतेसम्म ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिता आयोजना गरिने जानकारी दिइएको हो । माछापुच्छ्रे गाउँपालिका भलिबल संघका अध्यक्ष राम पुनले गण्डकी प्रदेशमै पहिलोपटक अन्तर गाउँपालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयाे ।

उहाँले सो प्रतियोगिताका लागि गण्डकी प्रदशको ८५ स्थानीय तहलाई पत्राचार गरिसेको बताउनुभयाे । ‘हामीले यस प्रदेशको सबै स्थानीय निकायलाई आधिकारिक रुपमा मेल गरिसकेका छौं, उहाँले भन्नुभयाे, ‘तयारी तिब्र भइरहेको छ । हाम्रो मुख्य लक्ष्य भनेको युवाहरुलाई एक सुत्रमा बाँध्ने र आपसी सद्भाव कायम गराउने हो ।

त्यसैले हाम्रो प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्नेछ ।’ उहाँका अनुसार सो प्रतियोगिताको विजेता टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित
नगद रु २ लाख प्राप्त गर्नेछ । यसैगरि उपविजेताले विजेता टोलीले शिल्ड, मेडलतथा प्रमाणपत्रसहित नगद रु १ लाख २० हजार हात पर्नेछ ।
सो प्रतियोगिताबाट अन्तिम दुई सेमीफाइनलमा प्रवेश गरेका दुई टिमलाई समेत सान्त्वना पुरस्कार स्वरुप शिल्ड, मेडल तथा प्रमाणपत्रसहति नगद रु ३०÷३० प्रदान गरिने अध्यक्ष पुनले बताउनुभयाे ।

उहाँका अनुसार सो प्रतियोगिताबाट एक जनालाई सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत गरिनेछ भने अन्य ६ वटा विधामासमेत जनही ७ हजारको दरले उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको छ । सो प्रतियोगितामा सहभागिता जनाउनका लागि टिम दर्ता शुल्क नगद रु ५ हजार
निर्धारण गरिएको सचिव मोहनसिंह तामाङले बताउनुभयाे । उहाँले प्रतियोगिता अवधिभर हाँस्यव्यङ्ग्य प्रहशन तथा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम समावेश गरिएको बताउनुभयाे ।

माछापुच्छ्रे गाउँपालिकाले सहयोगमा सम्पन्न हुने सो प्रतियोगिता माछापुच्छ्रे गाउँपालिका वडा २ भुर्जुङखोलामा सञ्चालन हुनेछ । भने सो मेलालाई २० हजार दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका