नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि फेन्सिङ्ग खेलाडीको छनौट • Nepal's Trusted Digital Newspaperनवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि फेन्सिङ्ग खेलाडीको छनौट • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि फेन्सिङ्ग खेलाडीको छनौट

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि फेन्सिङ्ग खेलाडीको छनौट

  • समाचारपाटी
  • सोमवार, भदौ २०, २०७९
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि फेन्सिङ्ग खेलाडीको छनौट

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका २४ फेन्सिङ्ग खेलाडीको छनौट सम्पन्न भएको छ ।

काठमान्डाैँ फेन्सिङ्ग एकेडेमीमा भएको छनौट प्रतियोगिताबाट पुरुष तर्फ १२ र महिला तर्फ १२ गरि कुल २४ खेलाडी छनौट गरिएको संघका महासचिव सुजनलाल श्रेष्ठले बताउनुभएकाे छ ।

पुरुष फोयल ईभेन्टमा संजीप लामा, नारायण गौतम, पुरुषोत्तम खत्री, आर्यन कार्की रहेका छन् । ईपीमा ओमकार सिंह, भिष्मराज दाहाल, राहुल दर्शन र गगन राई तथा सावर ईभेन्ट्समा पायष योञ्जन, सोयबमान श्रेष्ठ, अमिर रायमाझी र साश्वत परियार छनौट भएको संघले जनाएको छ । यस्तै महिलाको फोयल तर्फ सुजाता कुँवर, गोमा आचार्य, संगिता लम्साल र अश्मिता घिसिङ्ग रहेका छन् । यसैगरि ईपी तर्फ उषा खड्का, अलिषा अधिकारी, करुणा खड्का र पेमा योञ्जन तथा सावरमा शिक्षा नापित, सोफिया चन्द, बिनिता कार्की र आकी प्रजापती रहेका छन् ।

छनौट भएका खेलाडीहरुलाई बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री माननिय रत्न प्रसाद ढकालले प्रमाण पत्र वितरण गर्नुभएकाे थियाे । कार्यक्रममा बागमती प्रदेश सदस्य सचिव श्री सूर्यला भण्डारी, नेपाल फेन्सिङ्ग संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठ, महासचिव सुजन लाल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

आयोजक निसर्गलाई च्याम्पियनसिप उपाधि
आयोजक निसर्ग बाटिका स्कुल आठौं निसर्ग पौडी च्याम्पियनसिप २०२२ को च्याम्पियनसिप उपाधि उचाल्न सफल भएको छ ।
आयोजकले ७ स्वर्ण सहित १०१ अंक हासिल गर्दै उपाधी उचालेको हो । यस अघिको संस्करणमा उपाधि उचालेको लिङकनलाई पछि पार्दै आयोजकले उपाधि उचालेको हो । स्वस्तीश्री गुरुकुल ६४ अंकका साथ दोश्रो र ५३ अंककाका साथ लिङकन तेश्रो स्थानमा रहे ।
निसर्गको पौडी पोखरीमा भएको प्रतियोगितामा ३५ स्वर्ण पदकका लागि २२ स्कुलका २०० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

WhatsApp Image 2022 09 03 at 22.24.41 WhatsApp Image 2022 09 04 at 10.08.01 1 WhatsApp Image 2022 09 04 at 10.08.01 2 WhatsApp Image 2022 09 04 at 10.08.01

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका