कास्की क्षेत्र नम्बर ३ बाट विवेक त्रिपाठी प्रतिनिधिसभाको चुनाव लड्ने दौडमा • Nepal's Trusted Digital Newspaperकास्की क्षेत्र नम्बर ३ बाट विवेक त्रिपाठी प्रतिनिधिसभाको चुनाव लड्ने दौडमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कास्की क्षेत्र नम्बर ३ बाट विवेक त्रिपाठी प्रतिनिधिसभाको चुनाव लड्ने दौडमा

कास्की क्षेत्र नम्बर ३ बाट विवेक त्रिपाठी प्रतिनिधिसभाको चुनाव लड्ने दौडमा

  • समाचारपाटी
  • सोमवार, भदौ २०, २०७९
कास्की क्षेत्र नम्बर ३ बाट विवेक त्रिपाठी प्रतिनिधिसभाको चुनाव लड्ने दौडमा

पोखरा । आउदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट युवा नेता विवेक त्रिपाठीले प्रतिनिधिसभामा एमालेबाट चुनाव लड्न निवेदन दिनुभएकाे छ । एमाले निर्वाचन क्षेत्र ३ ले आइतबार प्रतिनिधिस सभा सदस्यहरुको छनोटको लागी निवेदन माग गरेको थियो ।

कास्की एमालेमा मात्र हैन ठुला भनिएका राजतीतीक दलहरुमा समेत एमालेका त्रिपाठी सबै भन्दा कान्छा पाटी जिल्ला सदस्य हुनुहुन्छ । आफ्नो वाल्यकाल देखिनै विद्यार्थी राजनीतीमा समाहित भएका त्रिपाठी भारतीय नाका वन्दीको बेला लिफ्ट दिउ औँ लिफट् लिऔँ अभियान संचालन गरेर चर्चमा आउनुभएकाे थियाे ।

अनेरास्वियुको इतिहासमा विद्यार्थीहरूको हितका लागी अनेरास्वियु प्रगतिशिल छात्रावृति अक्षयकोषका परिकल्पनाकार समेत रहनुभएका विवेक त्रिपाठीले विद्यार्थी राजनीतीमा उमेर हद लागु गर्नु पर्ने भन्दै उहाँले विद्यार्थी राजीनीतीबाट राजीनामा दिनुभएकाे थियाे ।

जिल्लाको १० औँ जिल्ला अधिवेशनमा खुल्ला सदस्य तर्फ लोक प्रिय मतका साथ चुनाव जितेर उहाँ सबै भन्दा कान्छो जिल्ला सदस्यमा निवार्चित हुनुभएकाे थियाे ।

उहाँले आफ्नो अध्यान पुरा भए पछि विद्यार्थी राजनीतीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर खुल्ला रुपमा मुल धारको राजनीतीमा प्रवेश गर्ने स्वघोषणा गर्नुभएकाे थियाे ।

एमाले निर्वाचन क्षेत्र ३ ले आज प्रतिनिधिसभा सदस्यहरुको छनोटको लागी आहवान गरेको क्षेत्रीय संयोजक कर्ण गुरुङले जानकारी दिनु भयो ।
उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्न एमालेबाट ९ जनाले आकांक्षा व्यक्त गरेका छन् ।

304910097 1117624008879292 4977106227436795580 n

bibek tripi pic

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका