रुपाहिल दोहोरी साँझ पोखराको तेस्रो वाषिकोत्सव यहि भदौ २० देखि २४ सम्म • Nepal's Trusted Digital Newspaperरुपाहिल दोहोरी साँझ पोखराको तेस्रो वाषिकोत्सव यहि भदौ २० देखि २४ सम्म • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • रुपाहिल दोहोरी साँझ पोखराको तेस्रो वाषिकोत्सव यहि भदौ २० देखि २४ सम्म

रुपाहिल दोहोरी साँझ पोखराको तेस्रो वाषिकोत्सव यहि भदौ २० देखि २४ सम्म

  • समाचारपाटी
  • आइतवार, भदौ १९, २०७९
रुपाहिल दोहोरी साँझ पोखराको तेस्रो वाषिकोत्सव यहि भदौ २० देखि २४ सम्म

भदौ १९ पोखरा  :  पोखराको मुटु चिप्लेढुुङ्गास्थित रुपाहिल दोहोरी साँझले तेस्रो वार्षिकोत्सव भव्यताका साथ मनाउने भएको छ ।  भदौ २० गते सोमबार देखि  २४ सम्म  हुने  सोहि कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको  बेजोड प्रतुती  रहनेछ ।  कलाकारहरुको  सांगीतिक माहौलसंगै वार्षिकोत्सव मनाउने तमु कलाकार संघ गण्डकी एवं राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका अध्यक्ष गायक  सुरेन्द्र गुरुङले जानकारी दिए ।

उनका अनुसार ५ दिनसम्म सञ्चालन हुने सो साँस्कृतिक कार्यक्रम बेलुकी ७ बजेदेखि राती १ बजेसम्म सञ्चालन हुनेछ ।   सोमबार देखि  सुुरु हुने सांगीतिक साँझमा २० गते भागिरथ चलाउने,  २१ गते श्याम राना, २२ गते प्रिती आले र डान्सर शेखर घर्ति मगर, २३ गते शिला आले मगर र २४ गते चन्द्र शर्मा ,  सुरेन्द्र गुरुङ, असु गुरुङ लगायत रुपाहिल दोहोरी साँझका नियमित कलाकारहरुको बेजोड प्रस्तुति रहने दोहोरी साँझका सञ्चालकले अमृत गुरुङले जानकारी दिए ।

कार्यक्रमलाई भब्य अनि सब्य तरिकाबाट सफल बनाउनको निम्ति विभिन्न छेत्रबाट साथ सपोर्ट  मिल्ने र  कार्यक्रममा अत्यधिक धेरै पाउना महानुभाबको आगमन रहने बिस्वास रहेको सोहि दोहोरीका सञ्चालक उत्तम गुरुङले बताए ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका