नाडा इभी एक्सपो २०२२ का लागि लक्की ड्र कार्यक्रम सम्पन्न • Nepal's Trusted Digital Newspaperनाडा इभी एक्सपो २०२२ का लागि लक्की ड्र कार्यक्रम सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नाडा इभी एक्सपो २०२२ का लागि लक्की ड्र कार्यक्रम सम्पन्न

नाडा इभी एक्सपो २०२२ का लागि लक्की ड्र कार्यक्रम सम्पन्न

  • समाचारपाटी
  • आइतवार, भदौ १९, २०७९
नाडा इभी एक्सपो २०२२ का लागि लक्की ड्र कार्यक्रम सम्पन्न

काठमान्डौँ । राजधानीको भृकुटी मण्डपमा आगामी असोज ६ गते देखि ९ गतेसम्म आयोजना हुने नाडा इभी एक्स्पो २०२२ मा सहभागी हुने कम्पनीहरुको लागि लक्की ड्र कार्यक्रम सम्पन्न भएको छ ।

टेकु स्थित नाडाको आफ्नै सचिवालयमा नाडाका अध्यक्ष धुर्व थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, तथा केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान समेतको उपस्थितिमा सम्पन्न भएको उक्त लक्की ड्रमा चार पाँग्रे, तिन पाँग्रे दुई पाँग्रे विद्युतिय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने देखिएको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिनुभएकाे छ ।

उहाँले सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ्ग स्टेशन, लगायत बैङ्क तथा इन्स्योरेन्स कम्पनी समेतगरी कूल ४५ भन्दा बढी कम्पनीहरुले सहभागिता जनाउने बताउनुभयाे ।

नेपालमा पहिलो पटक नाडाले आयोजना गर्न लागेको नाडा इभी एक्स्पो २०२२ को तयारी तिब्रगतिमा अगाडी बढीरहेको छ । नाडाले अटो एक्सपो २०२२ यहि भदौ ६ देखि गर्ने तयारी गरेको थियो ।

तर सरकारले सवारी आयातमा लगाएको प्रतिबन्धलाई भदौ १३ सम्म निरन्तरता दिएपछि उक्त कार्यक्रम स्थगित भएको थियो । तर अब भने, पहिलो पटक नाडाले इभी एक्सपो २०२२को आयोजना गर्ने भएको हो ।

WhatsApp Image 2022 09 02 at 15.44.29

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका