सरु खतिवडाको प्रस्तुतिमा ''काठैको मदानी'' सार्वजनिक • Nepal's Trusted Digital Newspaperसरु खतिवडाको प्रस्तुतिमा ''काठैको मदानी'' सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सरु खतिवडाको प्रस्तुतिमा ”काठैको मदानी” सार्वजनिक

सरु खतिवडाको प्रस्तुतिमा ”काठैको मदानी” सार्वजनिक

  • समाचारपाटी
  • शनिबार, भदौ १८, २०७९
सरु खतिवडाको प्रस्तुतिमा ”काठैको मदानी” सार्वजनिक

काठमान्डाैँ । हाल प्रवासमा रहेका लोकप्रिय गायक तथा सर्जक समिर आचार्यले पुनः आफ्नो स्वरमा निकै कर्णप्रिय गीत सार्वजनिक गर्नुभएकाे छ । उहाँ प्रवासमै रहेता पनि बिभिन्न सामाजिक संजाल मार्फत नेपाल मौलिक गीत संगीतलाई उच्च स्थानमा पुर्याउनका लागि बाध्य बादनको साथमा बेला बखत प्रस्तुत हुने गर्नुहुन्छ । जसको कारण नेपाली लोक तथा दोहोरी गीतलाई बिश्वसामु पुर्याउन समिरको महत्वपुर्ण योगदान रहेको कुरा कसैले नकार्न सक्दैन । सरु खतिवडाको प्रस्तुतिमा रहेको यस गीतमा समिर संगै मिरा गिरीको पनि सुमधुर स्वर सुन्न सकिन्छ ।

दिनेश श्रेष्ठको मौलिक लय सिर्जना र भानुभक्त कटुवाल अनि भीमसेन खतिवडाको शब्द रहेकाे गीतको म्युजिक भिडियोमा लक्षमण बिक्रम बस्नेत, जोन बम, गोबिन्द विवस, निहारिका थापा, मनिषा मगर र लिलाराज बानियाँको आकर्षक अभिनय देख्न सकिन्छ । गाउँ ठाउँमा मोही पारिने ठेकी र मदानीको बारेमा अहिलेका पुस्तालाई जानकारी नहुन सक्दछ ।

त्यसैले पनि यस गीतको म्युजिक भिडियोमा कैद गरिएको दृश्यले आफ्नो मौलिक संस्कृतिलाई यथा स्थानमा राख्न टेवा पुग्ने निर्माण युनिट बिस्वास ब्यक्त गर्दछ । गीतको भिडियोलाई निर्देशन मिलन श्रेष्ठ, कोरिग्राफी राजाराम सिम्खडाले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् । गीतलाई समिर आचार्य युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका