एबीसी कर्मी एमबी आस्था मगरलाई एकता सहकारी पत्रकारिता पुरस्कार • Nepal's Trusted Digital Newspaperएबीसी कर्मी एमबी आस्था मगरलाई एकता सहकारी पत्रकारिता पुरस्कार • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एबीसी कर्मी एमबी आस्था मगरलाई एकता सहकारी पत्रकारिता पुरस्कार

एबीसी कर्मी एमबी आस्था मगरलाई एकता सहकारी पत्रकारिता पुरस्कार

  • समाचारपाटी
  • शनिबार, भदौ १८, २०७९
एबीसी कर्मी एमबी आस्था मगरलाई एकता सहकारी पत्रकारिता पुरस्कार

पोखरा । एकता बचत तथा ऋण सहकारी संस्था द्धारा एबीसी कर्मी एमबी आस्था मगर सम्मानित हुनुभएका छ । संस्थाको एघारौं साधारण सभा तथा पाचौँ अधिवेशनको अवसरमा पोखरामा रही एबीसी टेलिभिजनका गण्डकी ब्यूरो प्रमुख एमबी आस्था मगरलाई एकता पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । कार्यक्रममा गण्डकी प्रदेश सभाका उपसभामुख सिर्जना शर्मा, सहकारीका अध्यक्ष बालासिंह काउछा मगर, रुपा गाउपालिकाका अध्यक्ष नवराज शर्मा लगायतले अबिर, खादा, सम्मानपत्र र नगद सहित सम्मान गरेका थिए ।

पत्रकार एमबी आस्था संगै सहकारीले कलाकारिता पुरस्कारबाट सरिता सारु मगर, जनप्रतिनिधि सम्मान अन्तर्गत रुपा गाउँपालिका प्रमुख नबराज ओझा, पोखरा महानगरपालिकाको कार्यपालिका सदस्य भिम कुमारी पुन गर्बुजा र पोखरा महानगरपालिका वाड प्रतिनिधि कृष्णहरि काफ्लेलाई सम्मान गरेको थियो।

त्यसैगरी एकता सहकारीले आफ्ना जेष्ठ नागरिक शेयर सदस्यमा महिला तर्फ बालमाया श्रेष्ठ, पुरुष तर्फ कुलप्रसाद अधिकारि, उत्कृष्ट कारोबार कर्तामा महिला तर्फ धनमाया राना, पुरुष तर्फ छम बहादुर खत्री, उत्कृष्ट बचतकर्ता उत्कृष्ट ५ भित्र राजिब शर्मा, बिस्णु के सि अधिकारी, नारायणी अधिकारी सुबेदि, आस्था पौडेल र बुद्ध कुमारी खाड्कालाई सम्मान गर्यो । त्यस्तै उत्कृष्ट कर्मचारीहरुमा कर्जा बिभाग प्रमुख शर्मिला के सि, काउण्टर बिभाग प्रमुख अमृता रेगामि र बजार प्रतिनिधि यसोदा श्रेष्ठ थापा मगरलाई सम्मान गरेको थियो ।

एकता बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारण सभा तथा पाँचौं अधिबेशनबाट सुदर्शन पौडेलको अध्यक्षता ९ सदस्यीय संचालक समिति र लेखा समिति निर्बिरोध निर्बाचित गरेको छ । निर्बाचित समितिमा अध्यक्षमा सुदर्शन पौडेल, उपाध्यक्षमा तिलकप्रसाद तिवारी, सचिव राम बहादुर मगर, कोषाध्यक्ष खुम थापा मगर रहेका छन भने सदस्यहरुमा ज्योति तामाङ, बिस्णु के सि अधिकारी , शक्ति बराल, बालुमाया पुन र प्रकाश के सि रहेका छन । त्यस्तैगरी लेखा समिति संयोजकमा बिश्वनाथ ओझा र सदस्यहरुमा देब कुमारी गुरुङ र प्रकाश पुन रहेका छन ।

साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका उप सभामुख सिर्जना शर्माले सहकारीको माध्यामबाट सवैलाई जोड्ने काम भएकाले यसमा रहेका सम्पूर्ण शेयर सदस्यहरुले उत्पादनमुखी काममा सहकारीलाई जोड्नुपर्ने बताउनुभयाे । त्यसैगरी रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले सहकारीहरु अब शहरमुखी नभइ गाउमुखी हुनुपर्ने वताउँदै आफ्नो पालिकामा कुनैपनि सहकारीले कृषि लगायतका उत्पादनमुखी क्षेत्रमा लगानी गर्न चाहेमा आफुले जग्गा उपलब्ध गराउने बताउनुभयाे ।

संस्थाका अध्यक्ष बालासिंङ काउछा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शेयर सदस्य तर्फबाट शान्ता देबकोटा, सल्लाहकार मध्येबाट बजिरमान श्रेष्ठ लगायतले वोलेका थिए । संस्थाका उपाध्यक्ष नबराज सुबेदिले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव तिलक प्रसाद तिवारीले गर्नुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका