वृहस्पति विद्यासदन विद्यालयका विद्यार्थीहरुले प्रर्दशन गरे इन्द्रजात्रा • Nepal's Trusted Digital Newspaperवृहस्पति विद्यासदन विद्यालयका विद्यार्थीहरुले प्रर्दशन गरे इन्द्रजात्रा • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • वृहस्पति विद्यासदन विद्यालयका विद्यार्थीहरुले प्रर्दशन गरे इन्द्रजात्रा

वृहस्पति विद्यासदन विद्यालयका विद्यार्थीहरुले प्रर्दशन गरे इन्द्रजात्रा

  • समाचारपाटी
  • शनिबार, भदौ १८, २०७९
वृहस्पति विद्यासदन विद्यालयका विद्यार्थीहरुले प्रर्दशन गरे  इन्द्रजात्रा

धर्म, संस्कृतिको जगेर्ना हेतु विद्यालयहरुले पनि इन्द्रजात्रा प्रदर्शन शुरु गरेका छन ।

शुक्रावार इन्द्रजात्रा विशेष कार्यक्रम गरेर वृहस्पति विद्यासदन विद्यालयका विद्यार्थीहरुले इन्द्रजात्रा प्रर्दशन शुरु गरेका हुन । सो क्रममा विद्यार्थीहरुले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रस्तुति देखाएका थिए । विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरुले नेपाली संस्कृतिलाई थप बढावा दिने विद्यालयले विश्वास लिएको छ । आगामी दिनमा नेपाली कला र संस्कृतिको पहिचान जोगाउन पनि विद्यालयमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुले थप टेवा पुग्ने विद्यालयको विश्वास छ ।

यस वर्ष भदौ २४ गते शुक्रवार इन्द्रजात्रा परेको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजा गरी आठ दिनसम्म मनाइन्छ । तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी यो जात्रा मनाउने परम्परा छ । यो पर्व काठमान्डौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन ठडयाइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । इन्द्रजात्रा नजिकिँदै गर्दा विद्यार्थीहरुले इन्द्रजात्रा विशेष कार्यक्रम मनाउन शुरु गरेका छन ।

Sequence 09.04 34 05 16.Still2477 Sequence 09.04 34 55 24.Still2479 Sequence 09.04 35 04 08.Still2480 Sequence 09.04 35 09 03.Still2481 Sequence 09.04 35 16 20.Still2482 Sequence 09.04 35 33 13.Still2483 Sequence 09.04 35 51 19.Still2484 Sequence 09.04 36 23 13.Still2488 Sequence 09.04 36 26 17.Still2485 Sequence 09.04 37 27 17.Still2487

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका