'स्व. प्रदीप गिरी समाजवादी मात्रै होइन, दार्शनिक पनि हो, उहाँ विदवान मानिस हो':-प्रधानमन्त्री • Nepal's Trusted Digital Newspaper'स्व. प्रदीप गिरी समाजवादी मात्रै होइन, दार्शनिक पनि हो, उहाँ विदवान मानिस हो':-प्रधानमन्त्री • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘स्व. प्रदीप गिरी समाजवादी मात्रै होइन, दार्शनिक पनि हो, उहाँ विदवान मानिस हो’:-प्रधानमन्त्री

‘स्व. प्रदीप गिरी समाजवादी मात्रै होइन, दार्शनिक पनि हो, उहाँ विदवान मानिस हो’:-प्रधानमन्त्री

  • समाचारपाटी
  • शुक्रबार, भदौ १७, २०७९
‘स्व. प्रदीप गिरी समाजवादी मात्रै होइन, दार्शनिक पनि हो, उहाँ विदवान मानिस हो’:-प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरीलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रुपमा स्मरण गर्नुभएको छ ।

बिहीवार काठमान्डौंमा भएको १३ औँ दिनको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेसका स्व.नेता गिरी भर्सटायल, जिनियस भएको बताउनुभएको हो । प्रधानमन्त्री देउवाले स्व. गिरीमा सबै क्षेत्रको ज्ञान रहेको उल्लेख गर्दै नेपालमा गिरी सरहको बौद्धिक व्यक्तित्व कमै मात्र पाइने बताउनु भयो । उहाँले गिरीको निधनले नेपाल र सारा विश्वलाई अपूरणिय क्षति पुर्याएको उल्लेख गर्दै यसको क्षति पूर्ण गर्न नसकिने बताउनु भयो । उहाँले स्व. गिरीका लेखहरु पढनैपर्ने र लेखहरुमा समाजवादको चिन्तन र समाजवादी आन्दोलनका अनगिन्ती ज्ञान मिल्ने बताउनु भयो । उहाँले स्व. गिरीले छोडेर गएका चिन्तनहरुलाई नेपाली काँग्रेसले देशभर पुर्याउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँलाई मैले भन्ने गरेको छु, उहाँ मान्छे एकदमै भर्सटायल, जिनियस मान्छे भने हुन्छ । उहाँमा सबै क्षेत्रको ज्ञान थियो । उहाँ समाजवादी मात्रै होइन, दार्शनिक पनि हो । उहाँ विदवान मानिस हो । नेपालमा त्यस्तो विदवान मानिस धेरै कम छन । उहाँको निधनले हामीलाई अपूरणिय क्षति भएको छ । यसको पूर्ति हामी गर्न सक्दैनौँ । उहाँले लेखेका लेखहरु पढने हो भने समाजवादको चिन्तन र आन्दोलनका धेरै ज्ञान मिल्नेछ । उहाँले छोडेर गएका चिन्तनहरु हाम्रो पार्टीले अघि बढाउनुपर्छ । उहाँले लेखेको पुस्तकहरु हाम्रो पार्टीले देशभर पठाउनेछ । उहाँले लेखेका कुराहरुलाई हामीले अघि बढाउनुपर्छ ।’

प्रधानमन्त्री देउवाले स्व. गिरीले लेख्नुभएका पुस्तकहरुलाई पार्टीले देशभरमा पुर्याएर उहाँका चिन्तनहरु अघि बढाउने बताउनु भयो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका