तीन एकदिवसीय श्रृंखला अन्तर्गत नेपालले पहिलो प्रतिस्पर्धा गर्दै ,नेपाल र केन्या भिडदै • Nepal's Trusted Digital Newspaperतीन एकदिवसीय श्रृंखला अन्तर्गत नेपालले पहिलो प्रतिस्पर्धा गर्दै ,नेपाल र केन्या भिडदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तीन एकदिवसीय श्रृंखला अन्तर्गत नेपालले पहिलो प्रतिस्पर्धा गर्दै ,नेपाल र केन्या भिडदै

तीन एकदिवसीय श्रृंखला अन्तर्गत नेपालले पहिलो प्रतिस्पर्धा गर्दै ,नेपाल र केन्या भिडदै

  • समाचारपाटी
  • शुक्रबार, भदौ १७, २०७९
तीन एकदिवसीय श्रृंखला अन्तर्गत नेपालले पहिलो प्रतिस्पर्धा गर्दै ,नेपाल र केन्या भिडदै

केन्या भ्रमणमा रहेको नेपालले आज तीन एकदिवसीय श्रृंखला अन्तर्गत पहिलो प्रतिस्पर्धा गर्दैछ । खेल केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो १२ः४५ बजे शुरु हुनेछ । नेपाल आजको खेल जित्दै सिरिज शुरुवात गर्ने लक्ष्यमा छ ।

यसअघि भएको टी २० सिरिजमा नेपालले केन्यालाई ३–२ ले हराएर सिरिज आफनो पक्षमा पारेको थियो । केन्याबिरुद्धको एकदिवसीय सिरिजमा रोहित पौडेलले नेपालको कप्तानी गर्नुहुनेछ ।

नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगका लागि वेस्टइण्डिज गएपछि उपकप्तान पौडेलले कप्तानीको जिम्मेवारी पाउनुभएको हो । घरेलु टिमसँग नेपालले दोस्रो खेल शनिवार र तेस्रो खेल सोमवार खेल्नेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका