प्राधिकरणको पहिलो चार्जिङ्ग स्टेशन संचालनमा, रेट प्राधिकरणको समय अनुसार पर्ने • Nepal's Trusted Digital Newspaperप्राधिकरणको पहिलो चार्जिङ्ग स्टेशन संचालनमा, रेट प्राधिकरणको समय अनुसार पर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्राधिकरणको पहिलो चार्जिङ्ग स्टेशन संचालनमा, रेट प्राधिकरणको समय अनुसार पर्ने

प्राधिकरणको पहिलो चार्जिङ्ग स्टेशन संचालनमा, रेट प्राधिकरणको समय अनुसार पर्ने

  • समाचारपाटी
  • शुक्रबार, भदौ १७, २०७९
प्राधिकरणको पहिलो चार्जिङ्ग स्टेशन संचालनमा, रेट प्राधिकरणको समय अनुसार पर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको पहिलो चार्जिङ स्टेसन संचालनमा आएको छ ।

राजधानीको रत्नपार्कमा रहेको विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा स्थापना गरिएको चार्जिङ स्टेसन मंगलबार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले उद्घाटन गरेपछि संचालनमा आएको हो । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङका अनुसार उक्त चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न सकिनेछ ।

त्यस चार्जिङ स्टेसनमा २६ वटा ठूला बस माइक्रो, ट्रक, पिकअप तथा कारका लागि र २५ वटा साना ठूला कारहरुका लागि उपयुक्त हुने किसिमका सवारी चार्जर राखिएको छ । प्राधिकरणले निर्माण गरेको चार्जिङ्ग स्टेशनमा ६० किलोवाटका दुई वटा डीसी र २२ किलोवाटको एउटा एसी चार्जर राखिएको छ । जसले, सवारीसाधनको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा फुल चार्ज गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले उक्त चार्जिङ्ग स्टेशनमा चार्ज गर्दा समय अनुसार चार्जिङ शुल्क लिने भएको छ । जसअन्तर्गत, मझौला भोल्टेज (३३ केभी)को पिक (साँझ ५ देखि राति ११ बजेसम्म) प्रतियुनिट ८.४० रुपैयाँ, अफ पिक राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म ४.४५ रुपैयाँ, अन्य (बिहान ५ देखि साँझ ५ बजेसम्म) ६.६० रुपैयाँ पर्दछ ।

त्यस्तै, मझौला भोल्टेज (११ केभी) मा पिक (साँझ ५ देखि राति ११ बजेसम्म) ८.६० रुपैयाँ, अफ पिक राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म ५.०५ रुपैयाँ र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रतियुनिट ६.७० रुपैयाँ पर्नेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका