गाडी तथा मोटरसाइकलको आयात प्रतिबन्ध लम्बियो • Nepal's Trusted Digital Newspaperगाडी तथा मोटरसाइकलको आयात प्रतिबन्ध लम्बियो • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गाडी तथा मोटरसाइकलको आयात प्रतिबन्ध लम्बियो

गाडी तथा मोटरसाइकलको आयात प्रतिबन्ध लम्बियो

  • समाचारपाटी
  • शुक्रबार, भदौ १७, २०७९
गाडी तथा मोटरसाइकलको आयात प्रतिबन्ध लम्बियो

काठमाडौं । सरकारले गाडी र मोटरसाइकलमा लगाएको आयात प्रतिबन्ध असोज २८ गते सम्मका लागि लम्ब्याएको छ ।

सरकारले राजपत्रमा एक सूचना प्रकाशित गर्दै सरकारले कार, जिप,भ्यान तथा १५० सीसी माथिका मोटरसाइकल आयात माथिको प्रतिबन्ध सो अवधि सम्म थप गर्ने जानकारी दिएको हो । विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले गत बैशाख १४ गते देखि असार मसान्त सम्मका लागि भनेर २५० सीसी भन्दा माथिका मोटरसाइकल र जिप, कार, भ्यान लगायतका सवारी साधन आयातमा प्रतिबन्ध लगाएकोमा असार मसान्त पश्चात त्यसलाई भदौ १४ सम्मका लागि समय सीमा बढाएको थियो ।

पहिले २५० सीसी माथिका मोटरसाइकल आयात गर्न नपाइने भएकोमा पछि १५० सीसी माथिका मोटरसाइकल समेत आयात गर्न नपाइने सरकारले नियम बनाएको थियो । वैदेशिक मुद्रा सञ्चिति घट्दै गएपछि लगाएको आयात प्रतिबन्धले पछिल्लो समय नजिकिदै गरेका चाडपर्वमा हुने सवारी बिक्रीलाई प्रत्यक्ष रुपमा प्रभाव परेको देखिन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका