'गठबन्धन सरकारले आफनो जमिन फिर्ता लिन्छौ भन्न नसक्नु लाजमर्दाे':-केपी शर्मा ओली • Nepal's Trusted Digital Newspaper'गठबन्धन सरकारले आफनो जमिन फिर्ता लिन्छौ भन्न नसक्नु लाजमर्दाे':-केपी शर्मा ओली • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘गठबन्धन सरकारले आफनो जमिन फिर्ता लिन्छौ भन्न नसक्नु लाजमर्दाे’:-केपी शर्मा ओली

‘गठबन्धन सरकारले आफनो जमिन फिर्ता लिन्छौ भन्न नसक्नु लाजमर्दाे’:-केपी शर्मा ओली

  • समाचारपाटी
  • बिहिबार, भदौ १६, २०७९
‘गठबन्धन सरकारले आफनो जमिन फिर्ता लिन्छौ भन्न नसक्नु लाजमर्दाे’:-केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्या नमानेको आरोप लगाउनुभएको छ ।

बुधवार पार्टी प्रवेश कायक्रमलाई सम्बोधन गर्न कञ्चनपुर पुग्नुभएका ओलीले आफू नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई संविधान संशोधन गरेर नक्शासमेत सार्वजनिक गरेको बताउँदै वर्तमान गठबन्धन सरकारले चुच्चे नक्शालाई समस्या नै नमानेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएको समयमा चुच्चे नक्शाको विषयमा वार्ता गर्नुको साटो चुच्चे नक्शालाई समस्या नै नमानेको आरोप लगाउनु भयो । अध्यक्ष ओलीले गठबन्धन सरकारले आफनो जमिन फिर्ता लिन्छौ भन्न नसक्नु लाजमर्दाे भएको समेत बताउनु भयो ।

सो अवसरमा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरेका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश समेत गराउनु भयो । पार्टी प्रवेश गर्नेमा सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री कुलविर चौधरी, समाजवादी पार्टीका प्रदेश अध्यक्ष विक्रमबहादुर साही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्व मेयर अशोककुमार चन्द लगायत अन्य नेता कार्यकर्ता समेत नेकपा एमालेमा सामाहित भएका छन ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका