आज देशभरका ऋषेश्वर मन्दिरमा व्रतालु महिलाहरुको भीड • Nepal's Trusted Digital Newspaperआज देशभरका ऋषेश्वर मन्दिरमा व्रतालु महिलाहरुको भीड • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज देशभरका ऋषेश्वर मन्दिरमा व्रतालु महिलाहरुको भीड

आज देशभरका ऋषेश्वर मन्दिरमा व्रतालु महिलाहरुको भीड

  • समाचारपाटी
  • बिहिबार, भदौ १६, २०७९
आज देशभरका ऋषेश्वर मन्दिरमा व्रतालु महिलाहरुको भीड

आज ऋषि पञ्चमी । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिनमा सप्तऋषिहरुको पूजा आराधना गरेर ऋषि पञ्चमी पर्व मनाइन्छ । आज काठमान्डौंको टेकुस्थित ऋषेश्वर मन्दिरसहित देशभरका ऋषेश्वर मन्दिरमा व्रतालु महिलाहरुको भीड रहेको छ । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वी महिलाहरुले आजको दिन अरुन्धतीसहित सप्तऋषिहरुको पूजा गरेर यो पर्व मनाउने गर्दछन । महिलाले बिहानै, नदी, तलाउ, पोखरीमा गइ स्नान गरी तीन सय ६५ वटा दत्तिवनले दाँत माझने, गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने प्रचलन छ । महिलाहरु आफूले गरेका त्रुटीहरुबाट मुक्त होऔँ भन्ने हेतुले सप्तऋषिहरुको पूजा गर्ने गर्दछन ।

कश्यप, अत्रि, भरदवाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अरुन्धतीलाई पूजा गर्ने परम्परा छ । यस अवसरमा आज काठमान्डौंको टेकु, मुलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा, आराधनाका लागि व्रतालु महिलाहरु जम्मा भएका छन । पौराणिक प्रसङ्ग अनुसार इन्द्रले त्वष्टाऋषिका पुत्र वृत्रको हत्या गरेपछि उहाँले व्रह्महत्याको ठूलो पापको दण्ड व्यहोर्नुपर्यो । त्यस पापबाट मुक्ति पाउन त्यसलाई चार स्थानमा बाँडिएको थियो ।

अग्नि (धुँवामिश्रित प्रथम ज्वालामा), नदी (वर्षा कालको गाँज र मैलोयुक्त पानी), पर्वत (जहाँ लस्सेदार वृक्ष उत्पन्न हुन्छन) र स्त्री (रजस्वला अर्थात मासिक धर्ममा) विभाजन गरिएको थियो । अतः मासिक धर्मका समय अस्पृश्यता रहने हुनाले उक्त अवसरमा छोइछिटो भई लागेको पापबाट छुटकारा पाउनका निम्ति ऋषिपञ्चमीको यो व्रत समस्त महिलाहरूले लिनुपर्ने हिन्दु धर्मशास्त्रमा उल्लेख छ । ऋषि पञ्चमीको व्रत समापनसँगै शास्त्रिय विधानतः हरितालिका तिज पनि समापन हुने विश्वास छ ।

Sequence 01.04 43 25 23.Still5685 Sequence 01.04 43 34 24.Still5686 Sequence 01.04 43 47 23.Still5688 Sequence 01.04 43 56 23.Still5693 Sequence 01.04 44 02 07.Still5687 Sequence 01.04 44 56 05.Still5691

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका