‘नेपाल एयरलाइन्स अहिले थला परेर बसेको छ,अब म आफैँ मन्त्री भएर धेरै कुरा के गर्नुुृु':-उड्डयनमन्त्री • Nepal's Trusted Digital Newspaper‘नेपाल एयरलाइन्स अहिले थला परेर बसेको छ,अब म आफैँ मन्त्री भएर धेरै कुरा के गर्नुुृु':-उड्डयनमन्त्री • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘नेपाल एयरलाइन्स अहिले थला परेर बसेको छ,अब म आफैँ मन्त्री भएर धेरै कुरा के गर्नुुृु’:-उड्डयनमन्त्री

‘नेपाल एयरलाइन्स अहिले थला परेर बसेको छ,अब म आफैँ मन्त्री भएर धेरै कुरा के गर्नुुृु’:-उड्डयनमन्त्री

  • समाचारपाटी
  • बिहिबार, भदौ १६, २०७९
‘नेपाल एयरलाइन्स अहिले थला परेर बसेको छ,अब म आफैँ मन्त्री भएर धेरै कुरा के गर्नुुृु’:-उड्डयनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल एयरलाइन्सको अध्यक्षले संस्थालाई तहसनहस बनाएको आरोप लगाउनुभएको छ ।

बुधवार नेकपा (एकीकृत समाजवादी) केन्द्रिय पर्यटन विभागले काठमान्डौंमा आयोजना गरेको ‘पर्यटन तथा नागरिक उडडयन क्षेत्रको समस्या र चुनौतीहरु’ विषयक गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले एयरलाइन्सले सबै आन्तरिक तथा वाह्य जहाजहरुलाई उडान गर्न नसकेको बताउनु भयो । एयरलाइन्सको अध्यक्षले जहाजको इञ्जिन बिग्रियो भनेर इञ्जिन भाडामा ल्याउन मात्र रहर गरेको र इञ्जिन मर्मतमा ध्यान नदिएको उहाँको भनाई छ । जहाजको टिकटलाई अनलाइन प्रणालीमा लैजान आफूले निर्देशन दिएको भएपनि एयरलाइन्सले हालसम्म टिकटलाई अनलाइन प्रणालीमा नलगेको उहाँले स्पष्ट पार्नुभयो । मन्त्री श्रेष्ठले एयरलाइन्सले मन्त्रालयसँग कुनैपनि समन्वय नगरेको भन्दै यसरी संस्था चलाएमा एयरलाइन्स समाप्त हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाल एयरलाइन्स अहिले थला परेर बसेको छ । अब म आफैँ मन्त्री भएर धेरै कुरा के गर्नु ? सरकारको जमानीमा ४७ अरब रुपैयाँ ऋण दिएर नेपाल एयरलाइन्सको प्लेनहरु किनेका छन । अहिले डोमेस्टिक प्लेन एउटा चलेको छ, सबै थला परेको छ । त्यसलाई व्यवस्थापन गर भन्छु अहिलेको नेतृत्वले केही गर्दैनन । चार वटा अन्तर्राष्ट्रिय चल्ने प्लेन छ, त्यो पनि दुईवटा थला परेको छ । कहिले इञ्जिन बिग्रियो भनेको छ, कहिले के गरेको छ । इञ्जिन भाडामा ल्याएको छ के छ थाहा छैन त्यसमा । खालि इञ्जिन भाडामा ल्याउन मात्र रहर गर्छ । बनाउनेतर्फ ध्यानै दिँदैन । टिकट अनलाइनमा लैजाउ भन्छु अनलाइनमा लैजाँदैन । के छ त्यहाँ थाहा छैन । सरकारले जुन अस्तव्यस्त अवस्था छ, विकृतिको अवस्था छ यसलाई सुधार गर्नुपर्यो र व्यवस्थित गर्नुपर्यो । नेपाल एयरलाइन्स कता फर्किएको छ थाहै छैन । मन्त्रालयसँग कुनै समन्वय नै गर्दैन । ४७ अरब सरकारले ऋण दिएको छ । त्यो जनताको पैसा हो । तर त्यहाँ प्राइभेट कम्पनि चलाएको जस्तो चलाएको छ । एउटा अध्यक्षले प्राइभेट कम्पनी चलाएको जस्तो चलाएको छ । आज सार्वजनिक रुपमा मैले भन्नैपर्छ, यदी यही खालको अवस्था रह्यो सरकारसँग कुनै समन्वय नगर्ने, एउटा व्यक्तिले प्राइभेट कम्पनी चलाएको जस्तो चलाउने, सरकारले गरेको निर्णय कार्यान्वयन हुन नसक्ने स्थिति भयो भने नेपाल एयरलाइन्स समाप्त हुन्छ । त्यहाँ भएका कर्मचारीहरुको पनि सबैको भविष्य अन्धकार हुन्छ । एउटा व्यक्तिको कारण । अध्यक्ष जो अदालतको अन्तरिम आदेशको कारणले नेपाल एयरलाइन्समा बसेको छ । संस्था तहसनहस बनाएको छ । जनताको ४७ अरब रुपैयाँलाई उपयोग गर्ने स्थिति बनेको छैन । जनताले सुविधा पाउन सकेको छैन । यसलाई सुधार गरेर जानुपर्छ भन्नेकुरामा हामी लागिरहेका छौँ ।’

मन्त्री श्रेष्ठले नेपाललाई बाह्रै महिना पर्यटकीय देशको रुपमा प्रचार गर्नुपर्ने बताउनु भयो । उहाँले सबैले मार्च, अप्रिल, सेप्टेम्बर र अक्टोबरमा मात्र नेपाल घुम्न सकिने भनेर प्रचार गर्ने गरिएको भन्दै अबदेखि १२ महिना नै घुम्न सकिने देशको रुपमा प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री श्रेष्ठले पर्यटकीय क्षेत्रको पूर्वाधार विकासको लागि पनि ध्यान दिनुपर्ने बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका