व्यावसायीको गुनासो सुन्दै मत माग्दै अर्जुन पोखरेल प्यानलसहितकाे टोली • Nepal's Trusted Digital Newspaperव्यावसायीको गुनासो सुन्दै मत माग्दै अर्जुन पोखरेल प्यानलसहितकाे टोली • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • व्यावसायीको गुनासो सुन्दै मत माग्दै अर्जुन पोखरेल प्यानलसहितकाे टोली

व्यावसायीको गुनासो सुन्दै मत माग्दै अर्जुन पोखरेल प्यानलसहितकाे टोली

  • समाचारपाटी
  • बिहिबार, भदौ १६, २०७९
व्यावसायीको गुनासो सुन्दै मत माग्दै अर्जुन पोखरेल प्यानलसहितकाे टोली

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आशन्न महाधिवेशनमा नेतृत्व लिनका लागि अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल प्यानलको टोली बुधबार घरदैलो कार्यक्रमका लागि पोखरा १० अमरसिंहचोक पुग्यो । एक हुल मानिस देख्ने वित्तिकै यिनीहरुले केही गर्ने होइन भन्दै
एक व्यासायीले नाक खुम्च्याउन थाल्नुभयाे । उहाँले भन्दै हुनुहुन्थ्याे, ‘भोट माग्न मात्र आउँछन् गर्ने केहि होइन् ।’

उहाँ आफैले बनाएको पिंढीमा पसलका सामान राख्न नपाउँदा समस्यामा हुनुहुँदाे रहेछ । हाते ट्याक्टर व्यावसायी उहाँले पसल अगाडि ट्याक्टर प्रदर्शन गर्नकै लागि ढुंगा बिछ्याउनुभएकाे थियाे । केही दिन ट्याक्टर बाहिर राखेपछि महानगरपालिका पुगेर पसल बाहिर सामान नराख्न निर्देशन दिएपछि उहाँ तनावमा हुनुहुँदाे रहेछ । मापदण्ड भित्र नपर्ने स्थानमा पनि सामान प्रदर्शनमा राख्न नपाउँदा व्यवसायमा घाटा परेको उहाँले सुनाउनुभयाे । उहाँको समस्या अर्जुन प्यानलबाट महासचिवका आकांक्षी केशवबहादुर खत्री र उपमहासचिव पदका उम्मेदवार हर्कबहादुर केसी (मिराज) टिप्न भ्याउनुभयाे ।

आफ्नो समस्या नोट नै गर्न थालेपछि उहाँको आक्रोश घट्यो । यो टिमले केही गर्छ भन्ने उहाँमा लाग्यो । छुट्ने बेलामा अर्जुन प्यानललाई भोट गर्नूस् है भन्दा उहाँले जवाफ फर्काउनुभयाे, ‘हुन्छ हजुर भैहाल्छ नि ।’ ती व्यवसायीको जस्तै पोखराका हरेक उद्योगी व्यावसायीहरुको समस्या छन् । पोखरेल प्यानल उनीहरुको समस्या टिप्दै भोट माग्दै हिडेका छन् । समस्या टिपेर राखेपछि आफू नेतृत्वमा गएपछि समाधान गर्नका लागि सहज हुने उद्योग उपाध्यक्षका आकांक्षी देवेन्द्र केसी बताउँनुहुन्छ । ‘हामी अहिले भोट माग्न भन्दा पनि भेटघाट र समस्या टिप्न हिडेका छौं,’उहाँले भन्नुभयाे, ‘अहिले समस्या र गुनासा सुनेपछि  नेतृत्वमा गएपछि हामीलाई काम गर्न सहज हुन्छ । आशा छ काम गर्छु भनेर यसरी हिंडेको प्यानललाई मतदाताहरुले विश्वास गर्नुहुनेछ।’

अर्जुन पोखरेलको प्यानल बुधबार घरदैलो कार्यक्रम गर्दै बुद्धचोक, अमरसिंहचोक,हस्पिटलचोक, माटेपानी, शितलादेवी, रानीपौवा, फुलबारी, मणिपाल, महेन्द्रपुल,सिद्धार्थचोक लगायत स्थानमा पुगेको थियो । प्यानलका पदाधिकारीका आकांक्षीको हातमा डायरी छुट्दैनन् । व्यावसायीले सुनाएका समस्या र गुनासा टिपिहाल्छन् । उद्योगी व्यावसायीहले घरभाडा, बैंकको ब्याज लगायत समस्या सुनाएका थिए ।

घरदैलोका क्रममा समस्या सुनाउने मात्र होइन टिमलाई राम्रो भन्नहरु पनि भेटिएका छन् । श्रीकृष्ण मेसिनरी स्टोर्सका सञ्चालक मोहनप्रसाद ढकालले युवा र मिश्रित टिम बनेकाले अवसर पाए काम गरेर देखाउने विश्वास व्यक्त गर्नुभयाे । उहाँको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी,वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा
हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेदवार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारमा लागिरहनुभएकाे छ ।

PCCI Arjun Pannel 15 Photo 1 scaled

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका