‘मिसेस् नेपाल पिस’ को आवेदन खुल्ला • Nepal's Trusted Digital Newspaper‘मिसेस् नेपाल पिस’ को आवेदन खुल्ला • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • ‘मिसेस् नेपाल पिस’ को आवेदन खुल्ला

‘मिसेस् नेपाल पिस’ को आवेदन खुल्ला

  • समाचारपाटी
  • बुधबार, भदौ १५, २०७९
‘मिसेस् नेपाल पिस’ को आवेदन खुल्ला

काठमान्डौँ । ‘शान्ति विना स्थायित्व र स्थायित्व विना समृद्ध र विकसित समाज संम्भव छैन । त्यसमाथि पनि हिंसारहित समाजको निर्माण नभईकन आधुनिक र विकसित समाज कल्पना टाढाको कुरा हो’ यही विषयलाई मुख्य थिम बनाएर ‘मिसेस् नेपाल पिस २०२२’आयोजना हुने भएको छ ।

प्रतियोगिताको व्यवस्थापन युहान इन्टरनेसनल इभेन्ट्सले सोमबार एक विज्ञाप्ती जारी गर्दै प्रतियोगीताको आवेदन खुल्ला जानकारी दिएको छ । महिला विरुद्ध हुने सबैखाले हिंसाको न्युनिकरणमा योगदान दिने हेतुले आयोजना हुन लागेको ‘मिसेस् नेपाल पिस’ जुनै उमेर समुहका विवाहित,डिभोर्सी लगायत महिलाले सहभागीता जनाउन सक्नेछन् । कुनै तौल, उचाईंको मापदण्ड पनि नभएको आयोजकले जनाएको छ ।

विवाहित नारीहरुको माध्यमबाट महिला विरुद्ध हुने हरेक खालको हिंसाबारे महिलाहरुलाई जागरुक बनाउँदै त्यस विरुद्ध महिलालाई सशक्त रुपमा प्रस्तुतहुन सचेतनाको माध्यमबाट आत्मविश्वास र आत्मबल निर्माण प्रतियोगीताले गर्ने आयोजको बिश्वास रहेको छ ।

एमी इन्टरटेन्मेन्ट र जिभा इन्कोर्परेटेडको ब्यानरमा आयोजना हुने यस प्रतियोगितालाई युहान इन्टरनेशनल इभेन्ट्सले व्यवस्थापन गर्नेछ ।
प्रतियोगिताको ब्रान्ड एम्बेसेडरका रुपमा अभिनेत्री ऋचा शर्माको आवद्धतता रहेको छ भने कार्यक्रमको कोरियोग्राफरका रुपमा संचारकर्मी एवं फेशन कोरियोग्राफर रोजिन शाक्य रहनुभएकाे छ ।

विवाहित महिलाहरुमा लक्षित मिसेस् नेपाल पिसको पहिलो संस्करणको अडिशन राउन्ड यही भदौ १८ गते शनिबारका जमलस्थित राष्ट्रिय नाचघरमा तोकिएको छ ।

301403602 793717481828131 7103018589443905118 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका