सेग्वेको अफर: ‘दशै तिहार सेगवेको साथ, उपहार ७’ • Nepal's Trusted Digital Newspaperसेग्वेको अफर: ‘दशै तिहार सेगवेको साथ, उपहार ७’ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सेग्वेको अफर: ‘दशै तिहार सेगवेको साथ, उपहार ७’

सेग्वेको अफर: ‘दशै तिहार सेगवेको साथ, उपहार ७’

  • समाचारपाटी
  • सोमवार, भदौ १३, २०७९
सेग्वेको अफर: ‘दशै तिहार सेगवेको साथ, उपहार ७’

काठमाडौं । सेगवे नाइनवटका दुई प्रिमियम विद्युतीय स्कुटरको बिक्री गर्दै आएको आइ हब प्रालिले दशैँ तिहार लक्षित अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘दशै तिहार सेगवेको साथ, उपहार ७’ नामक स्कीम ल्याएको हो ।

यो स्किम अन्तर्गत कम्पनीका ग्राहकले सेग्वेका कुनै पनि स्कुटर खरिद गरेमा स्मार्ट ब्यान्ड, १० हजार नगद छुट, एक वर्षको इन्स्योरेन्स र वार्षिक कर उपहारमा पाउन सक्नेछन् । यसका साथै लक्की ड्रमार्फत सेगवेका किक स्कुटर, स्मार्ट ब्यान्ड तथा स्मार्ट फोनहरु जित्न सकिने योजना लागु भएको हो । साथै, स्कीममा स्कुटर किन्नेले एक्सचेन्ज तथा फाइनान्स सुविधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले नेपाली बजारका लागि सुरुवाती मूल्य २ लाख ९१ हजार रुपैयाँ देखि ३ लाख ९१ हजार रुपैयाँसम्म कायम गरी स्कुटर विक्री गर्दै आएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका