‘गठबन्धन सिटको बाँडफाँट सबैलाई स्वीकार्य हुने गरेर मिल्छ':-शक्तिबहादुर बस्नेत • Nepal's Trusted Digital Newspaper‘गठबन्धन सिटको बाँडफाँट सबैलाई स्वीकार्य हुने गरेर मिल्छ':-शक्तिबहादुर बस्नेत • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘गठबन्धन सिटको बाँडफाँट सबैलाई स्वीकार्य हुने गरेर मिल्छ’:-शक्तिबहादुर बस्नेत

‘गठबन्धन सिटको बाँडफाँट सबैलाई स्वीकार्य हुने गरेर मिल्छ’:-शक्तिबहादुर बस्नेत

  • समाचारपाटी
  • आइतवार, भदौ १२, २०७९
‘गठबन्धन सिटको बाँडफाँट सबैलाई स्वीकार्य हुने गरेर मिल्छ’:-शक्तिबहादुर बस्नेत

नेकपा माओवादी केन्द्र का नेता शक्तिबहादुर बस्नेतले सबैलाई स्वीकार्य हुने ढंगबाट सिट बाँडफाँट हुने बताउनुभएको छ ।

शनिवार काठमान्डौंँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले अहिले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सिट बाँडफाँटको बारेमा छलफल चलिरहेको भन्दै सबै गठबन्धनका पार्टीहरुलाई स्वीकार्य हुने गरेर सिट बाँडफाँट हुने बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने कुरामा पनि समस्या रहेको तर पछि निस्कर्षमा सहमति भएकोले निस्कर्ष निकाल्ने कुरामा बाँडफाँटको कुरा अडिकएको बताउनु भयो । उहाँले बाँडफाँटको आधा समस्या सकिसकेको र सिट ठूलो समस्या नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धन सिटको बाँडफाँट सबैलाई स्वीकार्य हुने गरेर मिल्छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने कुरामा पनि समस्या थिए,तर छलफलपछि यसको निस्कर्ष निस्किन्छ । आधा समस्या सकिसकेको छ, यो त्यति ठूलो समस्या होइन । जिल्लाका घोषणापत्रहरु पूरा गरेका छौँ ।’

नेता बस्नेतले गत ५ वर्षमा विकास नै नभएको भन्ने कुरा गलत रहेको तर सोचेअनुरुपको विकास नभएको बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका